आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

अष्ट्रेलियामा पृथ्वी जयन्ती मनाइने, तोकियो संयोजक

राजधानी समाचारदाता
1 week ago
11/01/2020

सिड्नी । प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खडकाले दिएको जानकारी अनुसार अष्ट्रेलियाका विभिनन शहरहरुमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने छ । कार्यक्रममा अष्ट्रेलियामा रहेका समाजका प्रवुद्धवर्ग सहभागी हुने अपेक्षा गरिएको छ ।

सिड्नीमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले नेतृत्व गर्ने बताइएको छ । सिड्नीमा भव्यरुपमा पृथ्वी जयन्ती मनाउन तयारी भएको राप्रपा प्रवास सिड्नीका अध्यक्ष प्रमोद भण्डारीले जानकारी दिए । उनका अनुसार नेपालीहरूको धेरै बसोबास रहेको महत्त्वपूर्ण मेलवर्न शहरमा राप्रपा संगठन अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले संयोजन गर्ने छन् । त्यहाँको महावाणिज्यदूतलगायत नेपाली समुदायको विभित्र क्षेत्रका विशिष्ट व्यक्तिको सहभागी रहने उनले बताए ।

अर्को सहर एडिलेटमा नेपाली वैज्ञानिक प्रखर राष्ट्रवादी व्यक्तित्व, संगीतकर्मी, प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार डा. रामकृष्ण निरौलाले संयोजन गर्ने छन् । त्यस्तै अर्को महत्त्वपूर्ण नेपाली बसोबास रहेको शहर व्रिसवेनमा प्रवासी नेपाली अष्ट्रेलियाका महासचिव मिलन आचार्य र सचिन पाण्डेले संयोजन गर्ने छन् । अष्ट्रेलियाका अन्य शहरहरूमा समेत राप्रपा समर्थित राष्ट्रवादी नेपालीहरूले पृथ्वी जयन्ती भव्यताको साथ मनाउने जनाइएको छ।

(Visited 37 times, 1 visits today)
Loading comments...