आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

बाल संसार ग्लेनरोयद्वारा बालबालिकाको लागि पब्लिक स्पिकिङ कार्यक्रम

राजधानी समाचारदाता
6 days ago
13/01/2020

मेलबर्न । मेलबर्न नेपालीहरुद्वारा संचालित बिद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा पब्लिक स्पिकिङ एन्ड कन्फिडेन्स बुएल्टअप तालिम सम्पन्न भएको छ । ग्लेंरोय कम्युनिटी सेन्टरमा सम्पन्न उक्त तालिममा ८ देखि १२ बर्षसम्मका ३५ जना बिधार्थी भाइबहिनीहरुले भाग लिएका थिए ।

नेपाली भाषा, संस्कृति, भेषभुषा, कलाको उत्थान र जगेर्ना गर्ने उदेश्यले संचालित उक्त बिद्यालयले बिगत ५ बर्षदेखि अस्ट्रेलियामा हुर्कदै गरेका नेपाली मूलका केटाकेटीहरुका लागि नेपाली कक्षा संचालन गर्दै आएको छ साथै नेपाली डान्स, चित्रकलालगायत बिभिन्न तालिमहरु पनि सञ्चालन गर्दै केटाकेटीहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउदै आएको छ ।

सुशील चालिसेद्वारा प्रशिक्षण दिइएको उक्त तालिममा मेलबोर्नमा संचालित नेपाली बिद्यालयहरु बाल चौतारी वेस्ट, बाल चौतारी प्रेसटन, बाल बाटिका एप्पिंग वलर्ट नेपलिज कम्युनिटी, बाल संसार ग्लेनरोयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी बिद्यार्थीहरुले रमाइलो गर्नुका साथै ज्ञानगुनका धेरै कुराहरु सिकेको बताए । तालिमबाट सहभागी बिद्यार्थीहरुले कार्यक्रम संचालन गर्न चाहिने कला र सिप सिक्दै आत्मविश्वास पनि बढाउन मद्धत पुगेको बताए ।

कार्यक्रममा तालिमका साथै विभिन्न बिद्यालयका प्रतिनिधिहरुको वर्कशप सञ्चालन भएको थियो । उक्त वर्कशपमा नेपाली भाषाका शिक्षकहरुको ब्यबस्थापन, संयोजन, नेपाली भाषा स्कूलको स्थापना, अनुभव र आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल चलेको थियो ।

बाल सन्सार ग्लेनरोयका अध्यक्ष समिर रघुवंशीले यो तालिम विद्यार्थीहरुका लागी निक्कै नै फलदायी भएको बताए । पब्लिक स्पिकिङ एन्ड कन्फिडेन्स बुएल्टअप तालिमका संयोजक तथा बाल संसार ग्लेनरोयका उपाध्यक्ष रिता पन्तले यस्ता खालका कार्यक्रमको आयोजना गराउन पाउँदा बाल संसार ग्लेंरोय परिवार अझै बढी हौसिएको बताउँदै उक्त तालिम प्रत्येक बर्ष सञ्चालन गर्ने योजना रहेको पनि बताए ।

तालिममा सहभागी बिद्यार्थी भाइबहिनीहरुलाई खाजाको पनि ब्यबस्था रहेको थियो । संयोजक रिता पन्तले तालिममा सहभागी बिभिन्न बिद्यालयहरु, बिद्यार्थीहरु, अभिभाबकहरु, तालिमका प्रशिक्षक सुशील चालिसे, कार्यसमितिका सदस्यहरु लगायत स्वयं सेवकहरुलाई तालिम सफल बनाउन सहयोग पुर्याएकोमा धन्यबाद ज्ञापन गरे ।

(Visited 14 times, 1 visits today)
Loading comments...