आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

बाजुरामा छाउगोठ भत्काउँदै प्रहरी

निमेन्द्र शाही
6 days ago
13/01/2020

बाजुरा । बाजुरा जिल्लाको सदरमुकामको बडिमालिका नगरपालिका–८ रतुडा टोलमा प्रहरी नायब उपरीक्षक परिवर्तन हुने बित्तिकै प्रहरी परिचालन गरेर पाँच वटा छाउगोठ भत्काइएका छन् । जिल्लामा छाउपडीका बिभिन्न कार्याक्रम सञ्चालन भएपनि छाउपडी प्रथा अन्त्य भएको छैन ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी नायब उपरीक्षक टंक प्रसाद भट्टराई आए लगतै जिल्लामा समाजिक कुरीतिको रुपमा रहेको छाउपडी प्रथा बिरुद्धका अभियान शुरु भएका छन् । आइतबार प्रहरी निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले उक्त छाउगोठ भत्काएको हो ।

सूदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल सरकार गृह मन्त्रालयको निर्देशनको आधारमा गाउँ र वडामा रहेका कुपर्था र पुर्खौदेखि जगडिएर रहेको प्रथाको अन्त्यका लागि सो अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

छाउ भएको समयमा परिवारका सदस्यसंगै बसेर लापर्बाही गरेमा देबी देवता रिसाउने र देबी देवता बढी मान्ने ठाँउ रतुडा भएकाले छाउगोठ बस्न बाध्य भएकोले अबदेखि घरमै बस्ने स्थानीयको सहमती पछि गाउँमा रहेका सबै छाउगोठ भत्काइएको बडिमालिका नगरपालिका– ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।

रतुडामा ५० परिवारले सामुहिक रूपमा बनाएका ५ ओटा छाउगोठ एकै दिन नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधी पत्रकार र स्थानीयको सक्रियतामा भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । सो ठाउँमा रहेका दल बहादुर ऐडी, गोल चदारा प्रकाश ऐडी, लालबहादुर अएडी र बिन्दा कठाएतको घर नजिकै बाहीर बनाएका ५ ओटा सामुहिक छाउपडी गोठहरू भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तो अन्धबिश्वासमा नबस्न भनी बुढापाकालाई सम्झाउँदै आजै पाँच ओटा छाउगोठ भत्काएको बडिमालिका नगरपालिका ८ का अध्यक्ष रावलले बताए । उनले उक्त ठाउमा धेरै प्रयास पछि आज छाउगोठ भत्काउन जिल्ला प्रहरी कार्यालयको पहलमा सफल भएको वडाअध्यक्ष रावलले बताए । बडिमालिका नगरपालिका ८ मा धार्मिकस्थलहरु बढी चर्चित भएकाले त्यहाँका महिलाहरुले आजसम्म पनि छाउगोठमा बस्नु पर्ने बाध्यता छ त्यसैले छाउगोठ भत्काउन नहुने बडिमालिका नगरपालिका ८ रतुडाकी महिला काली ऐडीले बताइन् ।

देबी देवता मान्नु स्वभाविक भएपनि छाउगोठमा बस्नु गलत प्रथा भएको महसुश गर्दै उनले बताइन् । कतिपय ठाँउमा महिलाको छाउगोठमै मृत्यु हुने गरेको हुँदा स्वयम महिलाको ज्यानको रक्षाका लागि उक्त छाउगोठ भत्काउने अभियान संचालनलाई निरन्तरता दिएको दिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

रतुडामा स्थानमा जयप्रकाश आधारभुत बिद्यालय छ । उक्त बिद्यायलयमा पढाउने शिक्षिका छाउ भएको ५ दिनसम्म समयमा बिद्यालय नजाने गरेको स्थानीयले बताए । शैक्षिक संस्था जस्तो जिम्मेवारी ठाउँमा छाउ प्रथा मान्नु गलत भएको नागरिक अगुवा तुलाराम जैशीले बताए ।

(Visited 23 times, 1 visits today)
Loading comments...