आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

साप्ताहिक प्याकमा एनसेलको मेरो प्लान

राजधानी समाचारदाता
5 days ago
14/01/2020

काठमाडौं । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यो आकर्षक योजना मंगलबारदेखि लागू हुनेछ । यसअन्तर्गत एनसेलले दुई साप्ताहिक प्याक २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित ९५.७७ रुपैयाँमा २ जिबी डेटा भोलुमको मजा लिन सक्नेछन् । यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात् एनसेल नेटवर्कभित्र करसहित मात्र १.२८ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् ।

त्यसैगरी, ६ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र १९१.५४ मा ६ जिबीको मजा लिन सक्नेछन् । प्याकअन्तर्गतको भिडियो डेटा युट्युब, आइफिल्क्स, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवाजस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग  गर्न सक्नेछन् ।डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने मेरो प्लानको विशेषता रहेको यो प्लानअन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकताअनुसारको मेरो प्लान तुरुन्त सुचारु गर्न सक्नेछन् । साप्ताहिक प्लानअन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिनदेखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताबमोजिम ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको बन्डलिङसहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ । यस योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक साता स्वतः नवीकरण हुनेछ ।
प्लान नवीकरण हुनका लागि मोबाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नवीकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइसप्रति मिनेट करसहित २.५४ मा प्रयोग
गर्न सक्नेछन् ।

(Visited 19 times, 1 visits today)
Loading comments...