आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

क्षमादेवी माध्यमिक विद्यालय ६९ औं बर्षमा

दिनेश थापा
5 days ago
14/01/2020

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–३ मा रहेको क्षमादेवी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६९ बार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सासंद तथा पुर्व सूचना तथा सञ्चार मन्त्री अग्नि सापकोटाले बार्षिकोत्सवको उद्घाटन गरेका थिए । बार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री अरुण नेपालको समेत सहभागीता थियो ।

बार्षिकोत्सव समारोहमा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सहयोगी दाताहरुले विद्यालयका विद्यार्थीहरुलाई छात्रावृति रकम प्रदान गरेका थिए । नेकपा जिल्ला सदस्य समेत रहेका प्रदीप पौडेलले विद्यालयका दुइ विद्यार्थीहरुलाई जनही १० हजारका दरले छात्रावृत्ति उपलब्ध गराएका थिए ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज बस्नेतले पनि विद्यालयका विद्यार्थीहरुलाई छात्रावृति प्रदान गरेका थिए । स्थानीय युवा समाजसेवी डिबी लामाले पनि विद्यार्थीहरुले नगदै छात्रवृति उपलब्ध गराएका थिए ।अन्य विभिन्न दाताहरुले समेत विद्यालयमा स्थापना गरेका छात्रवृत्ति रकम बार्षिकोत्सव समारोहमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पुर्व मन्त्री एवम सासंद अग्नि सापकोटाले शिक्षाको विकास बाट मात्रै समग्र देशको विकास हुने भएकाले आफ्नो पहिलो प्रथामिकता शिक्षा क्षेत्रको विकासको लागि भएको बताए । बाह्रविसे नगरपालिकालाई आर्थिक शहर बनाउने आफ्नो योजना रहेको सापकोटाले बताए । क्षमादेवी माविलगायत क्षेत्र नम्बर १ का सबै विद्यालयहरुको भौतिक र शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको सापकोटाले बताए ।

त्यस्तै वागमती प्रदेशका उद्योग ,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालले आफुहरु सरकारको नेतृत्वमा गएपछि यस क्षेत्रमा विकासका धेरै कामहरु सुरुवात भएको बताए । प्रदेशको राजधानी र नामको विषयमा मन्त्री नेपालले अघिल्लो सरकारले गरेको गलत निर्णयका कारण अहिले समस्या भएको बताए । जनतालाई प्रदेश राजधानीमा जानु नपर्ने गरी सविधान संसोधन गरेर भएपनि स्थानीय स्तरमा नै अधिकार दिनका लागि आफुहरु लाग्ने बताए । ‘पिपलको विरुवा सानै हुँदा उखेल्न सजिलो हुने रहेछ तर ठुलो भएपछि गाह्रो हुने रहेछ, प्रदेशको नाम र राजधानीमा पनि यस्तै समस्या भयो’, मन्त्री नेपालले भने ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले नगर भित्रका सामुदायिक विद्यलयको शैक्षिक सुधारका लागि नगरपालिकाले प्राथामिकतामा राखेको बताए । शैक्षिक सुधारका लागि यो वर्ष नगर भित्रका १३ विद्यालयमा मन्टेश्वरी विधिबाट पठनपाठन सुरुवात गरिएको बताए । विद्यलय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज बस्नेतले बाह्रविसे नगरपालिक भित्र रहेका सामुदायिक विद्यालय मध्ये क्षमादेवीलाई नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

भुकम्पमा क्षतीग्रस्त भएको विद्यालय ७ करोड रुपियाँको लागितमा केही महिना भित्रै भारतीय राजदुताबाट निर्माण सुरुवात गरिने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । बार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विवीध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । दाताहरुले विद्यालयमा नै आएर छात्रवृति प्रदान गरेपछि अभिभावक एवम विद्यार्थीहरु खुसी भएका थिए ।

(Visited 257 times, 3 visits today)
Loading comments...