आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

सुत्केरीको मृत्यु भएपछि शिशुको बिचल्ली

विमल हमाल
5 days ago
14/01/2020

मुगु । गएको वुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरी भएको बेला जिल्ला अस्पताल ठिनी मुगुमा ल्याउँदा ल्याउँदै अत्याधिक रक्तश्रापले बाटोमै मृत्यु भएपछि नवजात शिशुको बिचल्ली भएको छ ।

मृत्यु भएकी सुत्केरी धनरुपा विक जिल्ला सदरमुकाम गमगढीदेखि २ घण्टा टाढा जिउला गाउँकी थिइन्, उनी गाउँमा वर्थिङ्ग सेन्टर नहुँदा घरमै सुत्केरी भएकी थिइन् । विकको सुत्केरी भएको ४ घण्टासम्म लगातार रक्तश्राप भएको थियो, सुत्केरीलाई जिल्ला अस्पाताल ठिनी मुगुमा स्टेचरमा बोकेर ल्याउदा ल्याउँदै गर्दा मृत्यु भएको थियो । वि.कले जन्माएको शिशु भने हाल जिवितै रहेकाले शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका वावु राम वहादुर विकले बताए ।

विकका अनुसार नवजात शिशुलाई गाउँकी आमाहरुले आलोपालो गरेर आजभोली स्तनपानमा सहयोग गरेपनि उनीहरुका बच्चालाई स्तनपानमा असर हुने हुँदा नवजात शिशुलाई हुर्काउन अप्ठेरो परेको वताउछन । साथै शिशुलाई हाल नियमित स्तनपान नहुँदा विचल्लीमा परेको छ । शिुशलाई स्तनपान र पालन पोषणका निम्ती कोही कसैले सहयोग गरी दिए धर्म लाग्ने उनले बताए ।

जिल्ला सदरमुकामबाट दुई घण्टाको पैदल बाटो भएकाले समयमा सुत्केरीलाई अस्पाताल लैजान नसकेकाले सुत्केरी पत्नीको ज्यान बचाउन नसिएको हो । भर्खर जन्मेको शिशु भन्दा अगाडीका चार बच्चा रहेकोले हेरचाहा गर्न र पालनपोषण गर्न ठुलो समस्याले पिरोलेको विकले दुखेसो पोखे ।

मृत्यु भएकी धनरुपा विकको सुत्केरी भएका बेला हिमपातले जिल्लामा संञ्चार अवरुद्ध भएको थियो, त्यसैवेला जिल्लामा कुनै सम्पर्क गर्न नसक्दा राष्ट्रपति महिला तथा जेष्ठ नागरीक उत्थान कार्यक्रमले सुत्केरी र गर्भवती महिलालाई उद्धार गर्ने गरेपनि संञ्चारका कारण सम्पर्क हुन नसक्दा सुत्केरीको उद्धार हुन नसकी ज्यान गएको थियो । तर जिल्लामा उक्त कार्यक्रमले यस भन्दा अगाडी नौ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरी सकेको जिल्ला प्रशासन कार्यलय मुगुले जनाएको छ ।

(Visited 118 times, 1 visits today)
Loading comments...