आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

धनकुटामा प्रदेश स्तरीय महिला फुटबल हुँदै

रबिन कटेल
5 days ago
14/01/2020

धनकुटा । धनकुटामा माघ पहिलो साताबाट सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्डकप महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरी माघ ३ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।

प्रतियोगितामा १ नम्बर प्रदेशका ८ जिल्लाका उत्कृष्ट महिला टिमहरु सहभागि हुनेछन् । प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद पाउने आयोजक प्रतिष्ठानका सल्लाहकार बिजय सन्तोषी राईले जानकारी दिए ।

२०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्रको सवारीमा बम प्रहार गर्दा श्रेष्ठको निधन भएको थियो । धनकुटा–७ घर भएका श्रेष्ठलाई २०७४ माघ ३ गते तत्कालिन शेरवहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको हो । सहिद श्रेष्ठकै सम्झनामा यो प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

(Visited 15 times, 1 visits today)
Loading comments...