आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

कार दुर्घटनामा गायक निशान भट्टराईको निधन

राजधानी समाचारदाता
5 days ago
14/01/2020

काठमाडौं । कार दुर्घटनामा परी गायक निशान भट्टराइको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको वान थाई रेष्टुरेन्टबाट आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो ।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

गायक भट्टराईको ‘कामनाले भरिएको’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती’ हो ।

(Visited 159 times, 1 visits today)
Loading comments...