आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

सहपाठीहरुद्वारा स्व. जोशीको सम्झना

एमके माझी
5 days ago
14/01/2020

राजविराज । हृदयघातबाट असमायिक निधन भएका राजविराज–२ तेतरी गाछी टोल निवासी दिपक जोशीको स्मृति एवं सम्मानमा मंगलबार सहपाठीहरुले श्रद्धाञ्जली तथा फलफूल बितरण कार्यक्रम आयोजना गरेका छन् ।

५२ वर्षिय जोशीको पुस ११ गते काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । परिवारजनले हृदयघातका कारण उनको मृत्यु भएको बताएका छन् । पेशाले कम्प्युटर इन्जिनियर रहेका उनको निधनले मर्माहत भएका उनी अध्ययनरत पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका सहपाठीहरुले श्रद्धाञ्जली सभा र फलफुल वितरण कार्यक्रम गरेका हुन् ।

स्व. जोशीको तस्बिरमा फुलमाला अर्पणपश्चात् सुरु भएको श्रद्धाञ्जली सभामा दिनेश थापा, उमेशप्रसाद साह, आशा परियारलगायतले बोल्दै अत्यन्त सरल र राम्रा मित्र गुमाएको र यसले ठूलो क्षति भएको बताए । प्रअ अरुण झाले यसै विद्यालयमा पढेका जोशी सानै उमेरदेखि जेहेन्दार विद्यार्थी रहेको सुनाए ।

वक्ताहरुले जोशीको चिरशान्ति तथा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित श्रद्धाञ्जली शब्द टुग्याएका थिए । उक्त अवसरमा स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल बितरण समेत गरिएको थियो ।

(Visited 19 times, 1 visits today)
Loading comments...