आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

चितवन र रामेछापबिच फाइलन भिडन्त

दिनेश थापा
5 days ago
14/01/2020

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सानोसिरुवारीमा जारी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगीतामा चितवन रामेछाप जिल्ला उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । मंगलबार भएको सेमीफाइनल खेलमा चितवनले नुवाकोट जिल्लालाई २५–१०,२५–१५ र २५–१३ को सोझो सेटमा हराउँदै फाइल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो सेमीफाइनल खेलमा रामेछापले सिन्धुलीलाई २१–२५,२५–२२,२२– २५,२५–२१ र १५–१२ को सेटमा हराउँदै चितवनसँग फाइलन भेट पक्का गरेको छ । सिन्धुलीले जित्ने हर प्रयास गरेपनि रामेछापका खेलाडीहरुले प्रायस सफल हुन दिएनन् । नुवाकोटको खेलमा चितवनका रामबहादुर थापा उत्कृष्ट खेलाडी घोषीत भए ।

प्रदेश –३ का ११ जिल्लाको सहभागीता मा सिन्धुपाल्चोकको भलिबल खेल इतिहाँसमा सबैभन्दा ठुलो र बढी धनराशी भएको खुला पुरुष भलिबल प्रतियोगीता जारी छ । प्रतियोगीताको फाइनल खेल बुधबार हुने छ। प्रतियोगीताको समापन वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवारज दुलालले गर्ने कार्यक्रम रहेको भदौरे गणेश सामजिक संस्थाका अध्यक्ष रबिन गौतमले जानकारी दिए ।

पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उदेश्यले स्थानीय भदौरे गणेश सामजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा भलिबल प्रतियोगीता सुरु भएको हो ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।

(Visited 1,119 times, 2 visits today)
Loading comments...