आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी एक फन्को घुम्ने

बीबीसी
5 days ago
14/01/2020

न्युयोर्क । अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ । महिनौंदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागिरहेको छ । सो डढेलोको धुवाँ प्रशान्त महासागरतर्फ अघि बढेको बताइएको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ८ जनवरीसम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ ।

‘त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,’ अमेरिकी अन्तरिक्ष संस्था नासाले बताएको छ । अस्ट्रेलियामा सयौं स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै २ हजार घर ध्वस्त बनाएको छ ।

विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन् ।

कसरी घुम्छ पृथ्वी ?

नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन् । त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ । धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्यांक छ ।

नासाले भनेको छ, ‘त्यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ ।’ नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ ।

नासाका अनुसार धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रंग परिवर्तन भएको छ भने न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ । न्यूजिल्याण्डमा धुवाँले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ ।

अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पु¥याएको छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...