आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु, को को छन् दाबेदार ?

राजधानी समाचारदाता
5 days ago
14/01/2020

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले नायव महानिरीक्षक (डीआईजी) को पदपूर्ति प्रक्रिया अघि बढाएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवं बढुवा समितिका सदस्य सचिव रामशरण पौडेलद्वारा जारी सूचनामा सम्भाव्य उम्मेद्वारले सात दिनभित्र बढुवा प्रयोजनमा आवश्यक पर्ने कागजात पेश गर्न भनिएको छ ।

सशस्त्र प्रहरी बलमा अहिले पाँच डीआईजी पद रिक्त छ । बढुवाका लागि वरिष्ठता र कार्यक्षमताका आधारमा एसएसपीहरु हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रम्हाचार्य, राजेन्द्र बस्नेत, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, बंशी दाहालगायत अगाडि छन् ।

(Visited 125 times, 1 visits today)
Loading comments...