शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

संक्रान्तिमा कौरा नृत्य प्रतियोगिता

राजधानी समाचारदाता
1 week ago
15/01/2020

 

लमजुङ । लमजुङमा माघेसंक्रान्तिका अवसरमा मगरजातिको कौरा नृत्य प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ जिल्ला समिति लमजुङले बेंसीसहरमा पत्रकार भेटघाट गरी मंगलबार सो जानकारी दिएको हो ।

आफ्नो जातीय मौलिक कला, संस्कार, संस्कृति बचाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्न पहिलोपटक प्रतियोगिताको आयोजना गरेको सो क्बलका सचिव ज्ञानेन्द्र आले मगरले बताए । नेपाल मगर संघ जिल्ला समिति लमजुङका अध्यक्ष भद्र खवास रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले कौरा नृत्य प्रतियोगिता दोर्दी गाउँपालिका–४ नौथरको सिख्र गाउँमा सञ्चालन गरिने बताए ।

उनका अनुसार उक्त प्रतियोगितामा जिल्लाभित्र रहेको मगरका १६ इकाइका एक÷एक टोलीले सो प्रतियोगितामा भाग लिने भएको पहिलो हुने टिमलाई २० हजार नगद र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई १० हजार नगद र प्रमाण पत्र दिइनेछ ।

उक्त कार्यक्रमा पत्रकारलाई स्वागत गर्दै मगर संघका जिल्ला उपाध्यक्ष डम्बर आले माघेसंक्रान्ति आर्य समुदायदेखि सबै जातजातिले मान्ने गरेको भए तापनि मूलतः यो मगरहरूको राष्ट्रिय पर्व हो यसलाई त्यस रूपमा पनि विकसित गरौं भन्ने उद्देश्यले पहिलोपटक पत्रकार भेटघाट र कौरा नृत्य प्रतियोगिता राखिएको बताए । उनका अनुसार प्रतियोगी एक टिममा चार जनादेखि आठ जनासम्मले नाच्न सक्छन् । महिला र पुरुष दुवै नाच्ने सक्ने पनि उनले बताए ।

(Visited 23 times, 1 visits today)
Loading comments...