शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

केन्द्रदिपको साधरणसभा सम्पन्न

राजधानी समाचारदाता
1 week ago
15/01/2020

चनौली । भरतपुर–१८ चनौलीमा रहेको केन्द्रदिप बचत तथा ऋण सहकारी सस्थाले हिजो मंगलबार दोस्रो साधरणसभा सम्पन्न गरेको छ । चनौलीमा आयोजित सो साधरणसभाका प्रमुख अतिथी भरतपुर महानगरपालिका–१८ का वडाअध्यक्ष दिपक लामा रहेका थिए ।

प्रमुख अतिथि लामाले सहकारीले जीवनस्थर उकास्न सहयोग पुगेको भन्दै सहकारीमा सेयर सदस्य बढाउन जोड दिए । केन्द्रदिप सहकारीले आर्थिक क्षेत्रका साथसाथै सामाजिक क्षेत्रमा समेत सहयोग गरेकोमा उनले प्रसंशासमेत गरे । कार्यक्रममा भरतपुर महानगरपालिका–२८ वडा अध्यक्ष आशबहादुर कुमाल, भरतपुर–१८ का वडा सदस्यहरु जीतबहादुर तमाङ, ज्योत्सना अधिकारी, सहकारीका,सन्दिप सुनार, प्रविन प्रसाईलगायतले बोलेका थिए ।

केन्द्रदिप कृषि सहकारीका अध्यक्ष लोकेन्द्र अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहकारीमा आवद्ध असल ऋणी, उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । २०७५ सालमा स्थापना भएको सो सहकारीमा हाल १५०५ सेयर सदस्य रहेका छन् ।

(Visited 11 times, 1 visits today)
Loading comments...