शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच भेट

राजधानी समाचारदाता
1 week ago
15/01/2020

काठमाडौं । स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक भेटघाट थालेका छन् । उनले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । सम्भव भएसम्म भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहसँग भेट गर्ने उनका सहयोगीहरु बताउँछन् ।

स्वास्थ्य उपचारका लागि उनी सोमवार भारतको नयाँ दिल्ली पुगेका थिए । पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष समेत रहेका सिंहसंग बुधबार नयाँ दिल्लीमा भेट गरेका हुन् ।

भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

(Visited 157 times, 1 visits today)
Loading comments...