शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

प्रदेश स्तरीय भदौरे कपको उपाधि चितवनलाई

दिनेश थापा
1 week ago
15/01/2020

सिन्धुपाल्चोकको सानोसिरुवारीमा सुरु भएको प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगीताको उपाधि चितवन जिल्लाले आफ्नाृ कब्जामा पारेको छ । बुधबार उपाधिका लागि चितवन र रामेछाप जिल्ला बिच प्रतिष्पर्धा भएको थियो । फाइनल प्रतिष्पर्धामा चितवनले को सोझे सेटमा रामेछापलाई हराउँदै उपाधिमा आफ्नो कब्जा जमाएको हो । चितवनले २५–२०,२५–२३र २६–२४ को सोझो सेटमा रामेछापलाई हराएको थियो ।

प्रतियोगीतामा प्रथम हुने चितवनले नगद २ लाख २ हजार २० रुपियाँ नगद सहित ट्रफी पाएको थियो भने उपबिजेता रामेछापले एक लाख एक हजार दश रुपैंया र ट्रफी पाएको थियो । प्रतियोगीतामा चितवनका दुर्गाबहादुर मगर उत्कृष्ट खेलाडी घोषीत भएका थिए । त्यस्तै सटर रामबहादुर थापा मगर,सर्भर दिपक थापा,बल्कर यमबहादुर कार्की,लिबरो चिन्तामणी चौधरी चितवनका खेलाडीहरु घोषीत भएका थिए । त्यस्तै प्रशिक्षक पनि चितवनकै रबिचन्द्र बिक घोषीत भ एभने बेस्ट स्पाइकर रामेछापका सुजन खडका घोषीत भएका थिए । उत्कृष्ट खेलाडीहरुलाई पनि नगद ३ हजार प्रदान गरिएको थियो ।

विजयी जिल्ला तथा उत्कृष्ट खेलाडीहरुलाई वागमती प्रदेशका सामजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वागमती प्रदेश भित्र खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा विकासका लागि लागेको बताए । हामीले खेलकुद क्षेत्रको पुर्वाधारका लागि धेरै कामहरुको सुरुवात गरेका छौ मन्त्री दुलालले भने केही वर्ष भित्रमा प्रदेशका सबै जिल्लामा खेलकुदको पुर्वाधार निर्माण हुने बताए ।

पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उदेश्यले स्थानीय भदौरे गणेश सामजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा भलिबल प्रतियोगीता आयोजना गरिएको थियो । आगामी वर्ष अरु प्रदेशहरुलाई पनि सहभागी गराएर भलिबल प्रतियोगीताको आयोजना गरिने आयोजक संस्था भदौरे सामजिक संस्थाका अध्यक्ष रबिन गौतमले जानकारी दिए ।

(Visited 67 times, 1 visits today)
Loading comments...