शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

वडा अध्यक्ष खड्का भारतमा मृत भेटिए

राजधानी संवाददाता
1 week ago
15/01/2020

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडानं. १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत अवस्थामा भेटिएका छन । उनको शव भारतको बहराईजमा रहेको शंकर होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले वडा अध्यक्ष खड्काको शव भारतको बहराइजमा रहेको शकर होटलको कोठामा फेला परेको जाकारी आएको बताए ।

नेपाल भारत सीमा क्षेत्र जमुनाहमा रहेको सिसिटिभिमा मृतक खड्का २९ गते मंगलबार बिहान १० बजेर १४ मिनेटमा रिक्सा चढेर अर्को एक जनाको साथमा सिमा पारी भारततर्फ गएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख ओलीले सो घटनाबारे बुधबार साँझ ४ बजेमात्र जानकारी आएको बताए । उनले भारतीय प्रहरीलाई उदृत गर्दै भने–‘ भारतीय प्रहरीले खड्काको कोठाको ढोका फोडेर भित्र पसेको भन्ने जानकारी आएको छ । घटनालाई शुष्म तरिकाबाट अनुसंन्धान सुरु गरेका छौ । घटनास्थल भारतमा भएको कारण भारतीय प्रहरीले पनि अनुसंन्धान गर्ने छ ।’

भारतीय प्रहरीले घटनाको २४ घण्टा पछिमात्र पोष्टमार्टमको प्रकृया सुरु गर्ने भएकोले शव नेपाल ल्याउन समय लाग्ने बाँकेका प्रहरी प्रमुख ओलीले जानकारी दिए ।
वडा अध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि बाँके निर्बाचन क्षेत्रनं. १ का सासद तथा नेकपाका नेता महेश्वर गहतराज र नेकपा बाँकेका सचिव अशोक कोईराला भारततर्फ लागेको प्रहरीले जनाएको छ । मृतक खड्का तीन छोरी र तीन छोरा रहेको र नेकपाबाट निर्वाचित भएका थिए ।

(Visited 123 times, 1 visits today)
Loading comments...