बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

सुरु भयो पाँचौं बृहत् पुस्तक प्रदर्शनी

3 years ago
19/08/2016

राजधानी समाचारदाता

काठमाडौं, २ भदौ | ‘प्रेरणाका लागि पुस्तक’ भन्ने नारासहित बिहीबारबाट काठमाडौंको भृकुटी मण्डपमा ‘पाँचौं बृहत् पुस्तक प्रदर्शनी–२०७३’ सुरु भएको छ ।

IMG_0220डिकुरा पब्लिकेसनद्धारा आयोजना सो पुस्तक प्रदर्शनीको बिहीबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गरे । २ भदौबाट ११ भदौसम्म चल्ने सो प्रदर्शनीले पठन संस्कृतिको विकासमा फरक खालको महत्व रहने कुलपति उप्रेतीले बताए । उनले आयोजकको उत्साह वृद्धिका लागि प्रतिष्ठानले आप्mना पुस्तक यस्ता प्रदर्शनीमा पुर्याउन थालेको पनि जानकारी गराए ।

‘किन्न त पाठकले हरेक प्रकाशकको सोरुममा गएर पनि पुस्तक किन्न सक्छ तर यस्ता प्रदर्शनीले पाठकमा पुस्तक छनोट र के पढ्ने भन्ने कुरामा पनि विशेष गम्भीर बनाउने भएकाले पुस्तक प्रदर्शनीको फरक महत्व रहेको हो,’ कुलपति उप्रेतीले भने ।

प्रदर्शनीका संयोजक पुण्यप्रसाद प्रसार्इंले सो प्रदर्शनीमा दैनिक साहित्यिक कार्यक्रम, लेखकसँग साक्षात्कारका साथै विभिन्न पुस्तकको विमोचनसमेत हुने बताए । उनका अनुसार १ लाख अवलोकनकर्ता भित्याउने लक्ष्य रहेको यो प्रदर्शनीमा १ सयभन्दा बढी प्रकाशकका हजारौं शीर्षकका पुस्तकहरू सामेल छन् ।

‘यस बृहत् पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तक उपलब्ध गराइनेछन् भने अंग्रेजी भाषाका क्लासिकल पुस्तकमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ,’ संयोजक प्रसाईंले भने ।

प्रदर्शनीको उद्देश्यबारे प्रसार्इंले भने, ‘उचित समयमा पढिएको उचित पुस्तक पाठकका लागि ठूलो प्रेरणा हुन सक्ने हुनाले हरेक नेपालीमा पुस्तक संस्कृतिको विकास र विस्तार गर्न पहल गर्नेछ । विभिन्न उमेर समूहका पाठकको रुचिलाई सम्बोधन गर्ने पुस्तकहरूको व्यवस्था गर्न यो प्रदर्शनीको आयोजना गरिएको हो ।’

नेपाली भाषाका पुस्तक मात्र नभएर अंग्रेजी भाषामा पढ्न चाहने पाठकलाई समेत ध्यानमा राखेर अंग्रेजी पुस्तककासमेत विभिन्न स्टल प्रदर्शनीमा राखिएका प्रसार्इंले उद्घाटन समारोहमा बताए ।  साथै, बालबालिकादेखि सबै किसिमका पाठकका लागि उपयोगी पुस्तक प्रदर्शनीमा राखिएको पनि उनले जानकारी गराए ।

(Visited 20 times, 1 visits today)
Loading comments...