बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

‘सिङ्ला माने’को विशेष प्रदर्शनी

3 years ago
19/08/2016

काठमाडौं-रास

तामाङ भाषाको चलचित्र ‘सिङ्ला माने’ को बिहीबार राजधानीमा विशेष प्रदर्शन गरिएको छ ।  बाजालुस्थित अष्टनारायण सिनेमा हलमा च्याटिरी सोअन्तर्गत विशेष प्रदर्शन गरिएको हो ।

singlaचलचित्रमा धादिङको उत्तरी भेगको तामाङ समुदायको रहनसहन तथा कलासंस्कृतिलाई चित्रण गरिएको छ । कुमार शाक्यको निर्माण रहेको यस चलचित्रलाई नरमान तामाङले निर्देशन गरेका हुन् ।  ‘सिङ्ला माने’ एक तामाङ संस्कृतिप्रधान चलचित्र हो । त्यससँगै पछिल्लो पुस्ताका दर्शकलाई पनि समेट्ने प्रयास गरिएको छ । फापरे फिल्म्स प्रालिको ब्यानरमा निर्मित यस चलचित्रमा आरम्भ तामाङ, बेली तामाङ र बिना तामाङको मुख्य अभिनय रहेको छ भने अतिथि कलाकारका रूपमा छिम्मी र राजकिङ वाइबाको अभिनय छ ।

जसमा धनबहादुर थापाको नृत्य, द्वन्द्वकुमार चौधरी, आरम्भ र युबि मंग्रेसको संगीत तथा राहुल राईको छायांकन रहेको छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...