बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

ल्यान्डमार्क क्वार्टरमा

3 years ago
19/08/2016

काठमाडौं-रास

soccer-34248_960_720ल्यान्डमार्क प्रथम पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ल्यान्डमार्कले अभिषेक ज्ञानमन्दिरलाई १–० को झिनो गोलअन्तरले पराजित गर्यो । अभिनाश गुरुङले निर्णायक गोल गरे । मध्यबानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा एप्पल, सेवा सदन र अंकुरले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । सानोगौचरणमा भएको खेलमा एप्पलले कमल नेत्र छुनामुनालाई टाइब्रेकरमा ४–० गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । सेवा सदनले पनि कन्टिनेन्टललाई टाइब्रेकरमै ५–४ ले पाखा लगायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

(Visited 3 times, 1 visits today)
Loading comments...