शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

झण्डै १५ हजार बढी मतले पोखराको मेयरमा एमालेका जिसी निर्वाचित, उपमेयर पनि एमालेकै

3 years ago
26/05/2017

राजधानी समाचारदाता
काठमाडौं, १२ जेठ

कास्कीको लेखनाथ महानगरपालिकाको मेयरमा एमाले उम्मेद्वार मानबहादुर जिसी भारी मतले विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १४ हजार ७ मतान्तरले हराउँदै उनी मेयरमा निर्वाचित भएका हुन् ।

जिसीले ६० हजार ४ सय २३ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४ सय १६ मतमा चित्त बुझाउनु पयो ।

उपमेयरमा पनि एमालेकै मन्जुदेवी गुरुङ विजयी बनेका छन् । उनले ५६ हजार ४ सय ४८ मत पाउँदा निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत मात्र पाइन् ।

(Visited 20 times, 1 visits today)
Loading comments...