सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

बिदा, नियुक्ति र सरुवा रोकियो

2 years ago
02/09/2017

महेश्वर गौतम / काठमाडौं

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै कर्मचारीको नियुक्ति र सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आगामी १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता जारी भइसकेकाले आयोगले नयाँ नियुक्ति र सरुवा रोक्न निर्देशन दिएपछि सरुवा र नियुक्ति रोकिएको हो ।

आयोगले कर्मचारीलाई घर बिदा नदिनसमेत सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहले सरकारले धमाधम कर्मचारी सरुवा गरेको भन्ने सूचना निर्वाचन आयोगमा आएको भन्दै सरुवा र नियुक्ति तत्काल रोक्न सरकारलाई निर्देशन गरिएको बताए ।

 ‘आचारसंहिता लागू भइसकेपछि पनि नियुक्ति र सरुवा गरिएको सूचना आयोगमा आएको छ, सरकारले आचारसंहिताविपरीत त्यस्ता काम गरेको भए तत्काल रोक्न र नगर्न आयोग आग्रह गर्छ,’ आयुक्त शाहले भने ।

निर्वाचन आचारसंहिता

आयोगले बिजुली, पानीलगायत अत्यावश्यक ठाउँमा निर्वाचन आयोगको सहमति लिएर करारमा भने कर्मचारी नियुक्त गर्न पाइने जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता कडाइसाथ पालना गर्न÷गराउन समेत सरकारसँग आग्रह गरेको छ । आयोगले सेना, प्रहरी, निजामती कर्मचारी र अर्धसरकारी निकायका कर्मचारी बिदामा बसेको पाइए उजुरी गर्न आग्रहसमेत गरेको छ । आयुक्त शाहले कर्मचारी बिदामा बसेको पाइएमा निर्वाचन आयोगको नजिकको कार्यालय वा केन्द्रीय कार्यालयमा उजुरी दिन आग्रह गरेका हुन् ।

यस्तै प्रदेश २ मा बाढीपीडितलाई राहत वितरण गर्दा कुनै नारा र राजनीतिक कार्यक्रम नगर्न पनि राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ । आयोगले बिहीबार सरकारलाई ७ बुँदे निर्देशन दिँदै आचारसंहिता पालना गर्न स्मरण गराएको थियो ।

 

आयोगले निर्देशनमा प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरूसम्मलाई हेलिकोप्टर चढ्नदेखि विदेश भ्रमणमा जानसम्म रोक लगाएको छ । तर देशको  गरेर जाने विषयमा भने सहमति लिएर जान सकिने आयोगले निर्देशनमा उल्लेख गरेको छ । हेलिकोप्टर चढ्ने विषयमा समेत प्रधानमन्त्रीले आयोगसँगको परामर्शमा लिनुपर्ने र मन्त्रीहरू पनि जथाभावी हिँड्न नपाउने गरी रोक लगाएको हो ।

 

(Visited 9 times, 1 visits today)
Loading comments...