सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

आयुक्तलाई प्रदेशको जिम्मा

2 years ago
16/11/2017

महेश्वर गौतम / काठमाडौं

निर्वाचन आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सबै आयुक्तलाई जिम्मेवारीसहित प्रदेश खटाएको छ । आयोगले समग्र निर्वाचन प्रक्रिया तयारी र मोनिटरिङका लागि भन्दै उनीहरूलाई प्रदेश नै तोकेर जिम्मेवारीसहित खटाएको हो ।आयुक्त इला शर्माले प्रदेशको जिम्मेवारी तोकिएको र केही आयुक्त त्यसतर्फ नै रहेको जानकारी दिइन् । ‘आयोगले सबै आयुक्तलाईजिम्मेवारीसहित प्रदेश जान भनेको छ, केही प्रदेशतिरै हुनुहुन्छ,’ उनले राजधानीस“ग भनिन्, ‘आउनेजाने क्रम चली नै रहन्छ ।’

एकै ठाउँ बसेर निर्वाचनका गतिविधि चुस्त राख्न सम्भव नहुने बताउ“दै उनले आयुक्तहरूलाई प्रदेशको जिम्मेवारीसहित समग्र निर्वाचन प्रक्रिया अनुगमन र निरीक्षणका लागि जिम्मेवारी तोकेको जानकारी दिइन् ।

प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव भने आवश्यकताअनुसार उपत्यकाबाहिर जानेछन् । आयोग प्रवक्ता नवराज ढकालका अनुसार आयोगले प्रदेश १ को जिम्मेवारी आयुक्त नरेन्द्र दाहाललाई दिएको छ ।

त्यस्तै, प्रदेश २ र ३ को जिम्मेवारी अर्का आयुक्त इला शर्मा र ४ र ५ प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौडेललाई तोकिएको छ । अर्का आयुक्त सुधिरकुमार शाहलाई आयोगले प्रदेश ६ र ७ को जिम्मेवारी दिएको छ ।

ढकालका अनुसार आयुक्तले प्रदेश रहँदा त्यहाँको समग्र निर्वाचन प्रक्रियाको वस्तुगत अवस्था, मतदान सामग्री व्यवस्थापन, सुरक्षा निकायसँगको छलफल, निर्वाचनलक्षित कार्यक्रमसहित ‘मोनिटरिङ’को जिम्मेवारीसमेत गर्नेछन् ।

यद्यपि, आयोगमा हुने विशेष बैठक र अति आवश्यक निर्णयका बखत भने कम्तीमा तीन आयुक्त काठमाडौं आउनेछन् । आयोगले महŒवपूर्ण निर्णय गर्नुपर्दा कम्तीमा तीन आयुक्तको हस्ताक्षर अनिवार्य छ । आयोगमा प्रमुख यादव र अन्य चार गरी पाँच आयुक्त छन् ।

आयोगले पहिलो चरण्मा १० र दोस्रो चरणमा २१ मंसिरका लागि निर्वाचन मिति तय गरेको छ भने निर्वाचनका लागि ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय सञ्चालनमा ल्याई निर्वाचन गतिविधिलाई तीव्र रूपमा अघि बढाएको छ ।

त्यस्तै, आयोगले केही दिनअघिबाट मात्रै मतदातालक्षित मतदाता शिक्षा कार्यकर्तासमेत परिचालन गरिसकेको छ । आगामी निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाताले निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

(Visited 16 times, 1 visits today)
Loading comments...