शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

निर्वाचन शान्तिपूर्ण हुनेमा आयोग विश्वस्त

2 years ago
22/11/2017

राजधानी समाचारदाता / काठमाडौं

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायले आपसी समन्वयमा गरेका कार्यबाट आम जनताले महसूस गर्ने गरी सुरक्षाको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् ।

आयोगको काठमाडौंस्थित कार्यालयमा मंगलबार निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक प्रमुख निर्वाचन आयुक्त डा. यादवले यस्तो विश्वास व्यक्त गरेका छन् ।

मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्न नेपाल सरकारसँग आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निबर्देशनसमेत दिएका छन् ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक एवं निर्वाचन आयुक्त शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानुनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र राजनीतिक दलले समेत सुरक्षा कार्यमा सहयोग पु¥याउनुपर्ने बताएका छन् । अहिलेको सुरक्षा प्रबन्ध र कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको भए पनि सुरक्षा निकायहरू थप चनाखो भई कार्यक्षेत्रमा खटिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले सुरक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायबीच उच्चस्तरको सम्पर्क एवं समन्वय रहेको र निर्वाचनविरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गर्दै निर्वाचनमा सुरक्षाको पूर्णप्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताए ।

रक्षामन्त्रालयका सचिव विनोद केसीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग गर्न नेपाली सेना सदा तत्पर रहेको बताएका छन् । सुरक्षा निकायबीचको लगातारको सम्पर्क, समन्वय र सहयोगबाट मतदातालाई सुरक्षाको प्रत्याभूति दिन सकिने हँुदा मतदातालाई सुरक्षाको अनुभूति हुने गरी सुरक्षा निकायलाई थप प्रयास गर्नुपर्ने बैठकमा छलफल भएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताए ।

बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलिपराज रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरीले आआफ्ना संगठनबाट सम्पादन भइरहेका कार्य प्रगतिबारे बैठकमा जानकारी गराएका छन् ।

(Visited 9 times, 1 visits today)
Loading comments...