सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

१५औं हस्तकला व्यापार मेला सम्पन्न

2 years ago
22/11/2017

 

काठमाडौं / रास– १५औं हस्तकला व्यापार मेला तथा १३औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा महासंघले १ देखि ५ मंसिरसम्म मेला आयोजना गरेको थियो । मेलामा २ सय स्टलसहित १० पेभिलियन रहेका छन् । २ सय स्टलभित्र गरिबी निवारण कोषको पेभिलियनमा १० जिल्लाबाट १३ वटा वस्तु प्रदर्शनी गरिएका थिए । मेलामा २५ जिल्लाका स्थानीय हस्तकलाका वस्तु समावेश गरिएको थियो ।

मेलाको अन्तिम दिन ८ करोड ५० हजार रुपैयाँबराबरको आर्थिक कारोबार भएको छ भने करिब १ लाख ८ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेको पनि महासंघले जनाएको छ । समापन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिका खेलेकोमा जोड दिए । उनले गत आर्थिक वर्षमा हस्तकला निकासी करिब ५ अर्बबराबरको रहेको जानकारी गराउँदै चालू आर्थिक वर्षको चौमासिक अवधिमा हस्तकलाका वस्तुको निर्यात बढेको बताए । हस्तकला क्षेत्रले ११ देखि १२ लाख व्यक्तिलाई प्रत्यक्ष र परोक्ष रूपबाट रोजगारी प्रदान गरेको जानकारी दिए । महासंघका उपाध्यक्ष एवं १३औं हस्तकला प्रतियोगिताका संयोजक प्रचण्ड शाक्यले १३औं प्रतियोगितात्मक हस्तकला प्रतियोगिताको मूल्यांकन गरेका थिए ।

(Visited 22 times, 1 visits today)
Loading comments...