शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

प्रदेश प्रमुखले बुझे परिणाम

2 years ago
20/01/2018

विजय चाम्लिङ / काठमाडांै

निर्वाचन आयोगले शुक्रबार सातवटै प्रदेशका प्रमुखहरूलाई प्रदेशसभाको निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ । आयोगले गत १० र २१ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सम्बन्धित प्रदेश प्रमुखलाई अलगअलग रूपमा बुझाएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले प्रदेश प्रमुखहरूलाई सम्बन्धित प्रदेशको निर्वाचन परिणाम प्रतिवेदन बुझाइएको बताए । आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका २२० गरी कुल ५५० जना प्रदेशसभा सदस्यहरूको नामावली प्रदेशबमोजिम प्रदेश प्रमुखलाई बुझाएको हो ।

प्रदेश प्रमुखको हातमा प्रदेशसभा निर्वाचन परिणाम परेकाले अब आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन सहज रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा (८) र दफा ६२ मा आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्पmको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नजिता घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ ।

आयोगले सोही कानुनी व्यवस्थाअनुसार शुक्रबार प्रदेश प्रमुखलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाएको ढकालले बताए । आयोगले गत २७ मंसिरमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित सदस्य र ३ माघमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्यहरूको परिणाम सार्वजनिक गरेको थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाता हुन् । कुल मतदाता संख्या २ हजार ५६ रहेको छ ।

आयोग चिन्तित

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पछिल्ला दिन राजधानी माग गर्दै विभिन्न ठाउँमा भइरहेको आन्दोलनले राष्ट्रिय सभाको निर्वाचनलाई असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २२० प्रदेश सदस्यलाई शुक्रबार प्रमाणपत्र प्रदान गर्दै प्रमुख आयुक्त यादवले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

यादवले विशेषगरी दाङ र डोटीमा असहज राजनीतिक परिस्थिति देखिएको भन्दै राष्ट्रिय सभा निर्वाचन सहज, सरल र शान्तिपूर्ण ढंगबाट हुने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । ‘दाङ र डोटी जहाँ निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्, त्यो ठाउँमा हामीले स्थानीय जनताको विरोधका कार्यक्रमहरू सुनिरहेका छौं, देखिरहेका छांै,’ यादवले भने, ‘मुख्यगरी दुई ठाउँमा राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने किसिमको कार्य भइरहेको छ, निर्वाचनका लागि सुव्यवस्था, शान्ति र सुरक्षालगायत व्यवस्था गरिदिन सरकारसँग अनुरोध गर्दछु ।’

उनले राष्ट्रियसभा निर्वाचनका मतदाता, उम्मेदवार र आयोगका कर्मचारीहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूति गर्न तथा शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्नका लागि वातावरण मिलाइदिन सरकारका साथै विभिन्न राजनीतिक दलसँग पनि अनुरोध गरेका छन् ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...