शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

मौन अवधि सुरु

2 years ago
11/03/2018

काठमाडौं / रास– मंगलबार हुने राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन हुनु ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधि शनिबार राति १२ बजेबाट सुरु भएको हो । निर्वाचन सम्पन्न नहुन्जेलसम्म लागु हुने मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्नहुन पाइनेछैन ।
यसैगरी, मौन अवधिभित्र आमसञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचारप्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउनेछैनन् ।

(Visited 12 times, 1 visits today)
Loading comments...