वीरगन्ज र बारामा फेरि थपिए ३ संक्रमित

वीरगन्ज । गएको बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएका वीरगन्जका २ संक्रमितसँग सम्पर्क रहेको आशंकामा थ्रोट स्वाब परिक्षण गर्न पठाइएका मध्येमै पर्सा र बारामा तीनजना कोरोना संक्रमित फेला परेका छन् । सोमबार र मंगलबार संकलित १२४ जनाको स्वाब परिक्षण गर्न पठाइएको मध्ये पर्सामा तेस्रो पटक थप ३ जनामा संक्रमण भेटिएको हो ।

१२४ मध्ये सबैको रिपोर्ट आइनसकेको वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट ( मेसु ) डा. मदनकुमार उपाध्यायले राजधानीसँग बताए ।

बुधबार संक्रमित भेटिएका मध्ये दोस्रो पटक संक्रमण पुष्टी भएका वीरगन्जको घुसुकपुरका ५५ वर्षीय पुरुषसँगै भारतको दिल्ली जमातीमा गएर फर्किएका वीरगन्ज छपकैयाका एक जना र वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारीको सम्पर्कमा आएका बाराको जितपुरसिमरा ११ का २ पुरुष रहेको पर्साको कोभिड १९ कमाण्ड पोष्टका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वदलीय बैठकमा जुटेन सहमति