सिन्धुली । विश्वमै अंग्रेजहरुलाई पहिलो पटक हराएको इतिहास बोकेको सिन्धुलीगढीमा सोमबार २५८ औं सिन्धुलीगढी विजय उत्सव मनाईएको छ ।
कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा सिन्धुलीगढी विजय उत्सव मनाईएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले ठूलो गढीमा झण्डोतोलन गरी विजय उत्सवलाई औपचारिकता दिएका छन ।
पुनःनिर्माणकर्ता र राजनीतिक सामाजिक व्यक्तिहरु उपेक्षामा
विजय उत्सवमा नेपाली सेनाले झण्डा सलामी अर्पण गरेको छ । ब्रिटिस साम्राज्यबाट नेपाल बचाउने युद्धका रुपमा लिइएको सिन्धुलीगढीमा हरेक वर्ष कार्तिक २४ गते विजय उत्सव मनाईंदै आएको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीले २०६७ साल कार्तिक २४ गतेबाट विजय उत्सव मनाउन औपचारिक सुरुवात गरेको थियो ।

नेपाली सेना, तत्कालिन राजनीतिक दलहरु, तत्कालिन जिल्ला विकास समिति सिन्धुलीसँगको सहकार्यमा मिति तय गरि विजय उत्सव मनाउन सुरु गरेको हो । पछिल्लो समय कमलामाई नगरपालिका सिन्धुलीले विजय उत्सव मनाउँदै आएको छ । नेपाल पत्रकार महासंघको अगुवाईमा सुरु भएको विजय उत्सव यस पटक अग्रज पत्रकारहरु, राजनीतिक दल र सिन्धुलीगढीको पुनःनिर्माणमा योगदान दिएका सामाजिक, राजनीतिक व्यक्तिहरुको उपेक्षाका बाबजुद सम्पन्न भएको छ ।
नगरपालिकाले पत्रकार महासंघका नेतृत्वहरु, सिन्धुलीगढीका पुनःनिर्माणकर्ता पूर्व मेयर खड्ग खत्री, राजनीतिक दलका नेताहरु, विगतका वर्षहरुमा सहकार्य गरिरहेका सामाजिक संघ संस्थाहरु विना यो पटकको विजय उत्सव मनाएको छ ।
सम्बन्धित समाचार
मध्यपहाडी र विपी राजमार्ग पूर्ण रुपमा बन्द
रास्वपा सभापतिदेखि प्रहरी उच्च अधिकारीसम्म अनुसन्धानको दायरामा
‘फोटो नेपाल’ मा इटालियन फोटोग्राफरका फोटो प्रदर्शनी
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
विवादास्पद व्यवसायी भट्ट र अग्रवालको ‘सेटिङ’मा प्रधानमन्त्रीको चासो
बोल्दा बोल्दै जिफन्ट उपाध्यक्षको निधन
सम्मानजनक प्रसुति, प्रसुति हिंसा र मानवअधिकार संरक्षणमा सीमित अध्ययन
विपी राजमार्गमा राति सवारी नचल्ने






