नेपाल–चीन सीमा स्तम्भको निरीक्षण

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारीसहितको जिल्ला सुरक्षा टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सिमानामा रहेको सीमास्तम्भको निरीक्षण गरेको हो । उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका तीनवटा सीमास्तम्भको निरीक्षण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका गुल्मपति डीएसपी बाबुराम पौडेलसहितको जिल्ला सुरक्षा टोलीले उत्तरी क्षेत्रका तीनवटा सीमास्तम्भको निरीक्षण गरेको हो । जिल्ला सुरक्षा टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका ६८, ६९ र ७० नम्बरका तीनवटा सीमास्तम्भको निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

संखुवासभामा २१ वटा सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा रहेको नेपाल–चीन अन्तर्राष्ट्रिय सीमास्तम्भ निकै पुरानो भएको बताइएको छ । गत जेठमा आएको बाढीले ७१÷१ को नेपाल–चीन सीमास्तम्भ बगाएर बेपत्ता बनाएको छ । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सीमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् ।

त्यसैगरी, जिल्ला सुरक्षा टोलीले खाँदबारी–किमाथाङ्का सडकखण्ड रुटमा पर्ने मतदानस्थल, बोडर आउट पोस्ट किमाथाङ्का र विभिन्न प्रहरी चौकीसमेत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन् ।

प्रजिअसहितको टोलीले चीनतर्फका काउन्टर पार्टसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र विपद् व्यवस्थापनका सम्बन्धमा सूचना आदानप्रदान, भन्सार कार्यालय किमाथाङ्काको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गरेको छ ।

टोलीले किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गर्नुका साथै जग्गा मुआब्जा र आयोजनासँग नागरिक सुनुवाइ र शान्ति सुरक्षा, सडक तथा विभिन्न आयोजना तथा स्थानीय सरोकारका विषयमा अन्तक्र्रियासमेत गरेको प्रजिअ थपलियाले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव