अभियोग पुष्टि हुने आधार नदेखिएपछि छुटे भट्टचन

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले भट्टचनलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नभएको भन्दै हिरासतमुक्त गर्न राय दिएपछि उनी छुटेका हुन् ।

भट्टचनलाई हिरासतमा राख्न म्याद थप गर्नुअघि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेको थियो ।

सरकारी वकिलको कार्यालयले प्रहरीले पटकपटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि अभियोग पुष्टि हुने आधार ल्याउन नसकेको भन्दै ‘हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै अदालतमा म्याद थपका लागि लैजान नपर्ने’ राय दिएको हो । सरकारी वकिलको कार्यालयको रायपछि प्रहरीले उनलाई हिरासतमुक्त गरेको हो ।

प्रभु म्यानेजमेन्ट प्रालि र सहकारी संस्थाहरूसँगको कारोबारमा उनको कुनै संलग्नता नदेखिएको समेतका आधारमा हिरासतमा राख्नु नपर्ने निष्कर्षमा सरकारी वकिलको कार्यालय पुगेको हो ।

प्रभु मनी ट्रान्सफरबाट प्रभु म्यानेजमेन्टलाई दिनुपर्ने सम्पूर्ण भुक्तानी गरिसकेको बैंक स्टेटमेन्टलगायतका कागजातसमेत पेस भएको देखिएका कारण पनि भट्टचनविरुद्ध थप प्रक्रिया अघि बढाउनु नपर्ने सरकारी वकिलको रायमा उल्लेख छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टचनलाई गत ११ कात्तिकमा नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव