काठमाडौं। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा शिक्षक, विद्यार्थी र अभिभावकसँग मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरस्थित श्री जनजागृति प्राथमिक विद्यालयमा आयोजित कार्यक्रममा ६१ जना शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो। विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त अन्तर्क्रियामा मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा पछिल्लो समय बढ्दो डिप्रेसन, उदासीनता, मानसिक रोगका कारण हुने आत्महत्याका घटना तथा लागुऔषध दुर्व्यसनका विषयमा विशेष छलफल गरिएको थियो। साथै मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापनका उपाय र लागुऔषध दुर्व्यसनबाट बच्ने तरिका’bout सहभागीलाई जानकारी गराइएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखामा कार्यरत मानसिक स्वास्थ्य फोकलपर्सन खगेन्द्रप्रकाश गैरेले जानकारी दिए ।
अन्तर्क्रियामा मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी, मनोविद् अधिकृत लक्ष्मीमाया तामाङ र मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्रप्रसाद गैरेले सहजीकरण गरेका थिए । उनीहरूले मानसिक समस्या समयमै पहिचान गरी उचित परामर्श र उपचार लिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले विद्यालयस्तरमै मानसिक स्वास्थ्य’bout सचेतना बढाउन मद्दत पुगेको सहभागीहरूले बताएका छन्।






