डडेल्धुरा । असिनापानी र हावाहुरीले तरकारी बारीमा ५० लाख मूल्य बढीको क्षति पुगेको छ । हावाहुरीले प्लाष्टिका टर्नेल उडाउनुकासाथै असिनापानीले तरकारीका बोट विरुवामा ठूलो क्षति पुगाएको हो ।
तरकारी निर्यात गर्दै आइरहेको डडेल्धुरामा भएको क्षतिले उत्पादन हात्तै घट्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । उनका अनुसार प्लाष्टिक टर्नेलभित्र गरिने टमाटर, भेडे खुर्सानी, काक्रा, सागलगायत खुल्ला रुपमा गरिने तरकारी बालीमा ठूलो क्षति भएको छ ।
गत वैशाख २० गते आइतबार दिउँसो चलेको हुरीबतासले अधिकांस प्लाष्टिकका टर्नेल उडाएको थियो । ५०–६० सम्म प्लाष्टिकका टर्नेल ५० प्रतिशत अनुदानमा दिन सक्ने गरि कार्यालयले बजेटको व्यवस्थागर्न सक्ने अवस्था थियो । उनले भने, वैशाख महिनाकै अन्तिम तिर २९ गते दिउसोपछि परेको असिनापानीले थप क्षति पुगायो ।
शुक्रबारसम्म कृषि ज्ञान केन्द्रमा १३५ किसानले तरकारीबालीमा क्षति र प्लाष्टिका टर्नेल उडाएको भन्दै सहयोगका लागि निवेदन दिएको उनले जानकारी दिए । धेरै निवेदन आएपछि आवश्यक बजेट नहुदा किसानलाई सहयोगका लागि मन्त्रालयसंग बजेट माग गरिएको उनले बताए ।
तरकारी बालीसंगै फलफूलमा पनि ठूलो क्षति पुगेको उनको भनाई छ । डडेल्धुरामा अहिले किभि, सुन्तला, कागती, केरा, ओखरलगायतका फलफूलको व्यवसायीक रुपमा किसानहरुले खेती गर्दै आईरहेका छन । कार्यालय प्रमुख पनेरुका अनुसार अग्लो क्षेत्र तिर गरिएको किभि, कागती, सुन्तलाजात र ओखरलगायतक फलफूलका विरुवाम फूल फूलेर दाना लाग्ने समय थियो । हुरीबतास र असिनाले फूल र दाना झार्दा उत्पादनमा कमि आउने छ । तरकारी भन्दापनि बढी क्षति फलफूलमा भएको उनको भनाई छ ।
असिनाले हिउँदे सिजनमा लगाईएका ओखरका विरुवाहरु नष्टसमेत भएको उनले बताए । अजयमेरु गाउँपालिका वडा नंं २ का किसान दिपक ऐरले करिब पाँच रापनीमा रोपेएका एक सयबढी ओखरका विरुवा असिनाले नष्ट गरेको गुनासो गरे ।
भागेश्वर गाउँपालिका ४ पिपलडाडाका किसान कल्पना भट्टराईले साढे चार रोपनीमा लगाएको काक्रा, भेडेखुर्सानी र खुर्सानी नष्ट भएको बताउईन । व्यवसायीक रुपमा गरिएको तरकारी तथा मसलाबाली नष्ट भएपछि खाद्यान्न खरिद गर्न समस्या हुने चिन्ता उनलाई छ । तरकारी बालीबाटै घर धान्दै आएकी भट्टराईले यस वर्षको बाली नष्ट भएपछि खान लाउन समस्या हुने बताईन ।
अमरगढी नगरपालिका-२ का किसान भागरथी भण्डारीले चार वटा प्लाष्टिकका टर्नेल हुरीबतासले उडाउदा भित्र गरिएको टमाटर पूर्ण रुपमा नष्ट भएको बताईन । व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका किसानलाई यस वर्षको हुरीबतास र असिनापानीले ठूलो क्षति पुगाउदा आर्थिक समस्या निम्तिएको उनको भनाई छ ।
सम्बन्धित समाचार
फोटोन इभीमा ६ करोड बढी भन्सार छली
सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
संस्थापक सेयर बिक्रीमा गोल्यान ग्रुपको बदमासी
सत्तामा सतीशलालको सेटिङ
नेप्से परिसूचक १० अंकले घट्यो
कंगोमा इबोलाबाट दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा






