म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं । म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा) सम्मानित भएका छन् ।

बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो । नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शुक्रबार काठमाडौंको साँखु–शङ्करापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच उनलाई सम्मान प्रदान गरेका हुन् ।

म्यानमार सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन, साधना अभ्यास तथा बुद्ध शासनको संरक्षण र प्रवर्द्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रममा म्यानमारका राजदूत, उपप्रमुख ९डीसीएम० तथा प्रथम सचिव, श्रीलंकाका राजदूत, भारतीय दूतावासका उपप्रमुख ९डीसीएम०, अमेरिकी दूतावासका प्रथम सचिव, बैंगलोरस्थित महाबोधि सोसाइटीका अध्यक्ष तथा महासचिव, अखिल भिक्षु महासंघका अध्यक्ष, योल्मो समुदायका सदस्यहरू तथा भुटानबाट डा। करम फुन्त्सोकको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ