सुर्खेत । पश्चिम नेपालको गजल साहित्यमा तीन दशकदेखि समर्पित साहित्यकार तथा गजलकार धीरेन अनुपमको नयाँ गजल सङ्ग्रह ‘प्रच्छाया’ विमोचन गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयमा आयोजित साहित्यिक कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरी, वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली लगायतले उक्त कृतिको लोकार्पण गरे ।
मध्यपश्चिम गजल मञ्च र मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ‘प्रच्छाया’ सँगै विष्णुकुमार खड्काको सांगीतिक गजल कृति ‘अप्सरा’ पनि सार्वजनिक गरिएको थियो ।
लोकार्पण कार्यक्रममा बोल्दै समालोचक तथा वरिष्ठ गजलकार ऋषिशर्मा सुदाम ले ‘प्रच्छाया’ ले केवल लेखकको जीवन अनुभूति मात्रै नभई समाजको वास्तविक चित्र प्रस्तुत गरेको बताए । उनका अनुसार कृतिमा समाज परिवर्तन, क्रान्तिकारी चेतना, पारिवारिक संवेदना तथा समयको यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गरिएको छ । “साहित्यले समाजलाई सन्देश दिनुपर्छ, र यो कृतिले त्यही जिम्मेवारी पूरा गरेको छ,” उनले भने ।
त्यस्तै, वरिष्ठ कलाकार प्रेमदेव गिरीले साहित्य समाजको आवाज बन्नुपर्ने धारणा राख्दै ‘प्रच्छाया’ मा समाजको धड्कन र यथार्थ भेटिएको बताए । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै युवा गजलकार महेन्द्र चन्द महासागरले धीरेन अनुपमलाई केवल गजलकार मात्र नभई गजल आन्दोलनका अभियान्ता भएको उल्लेख गरे । उनका अनुसार सङ्ग्रहमा विविध विषय, स्वाद र जीवन भोगाइ समेटिएका गजलहरू समावेश भएकाले कृति पठनीय र सशक्त बनेको छ ।
पश्चिम नेपालको गजल साहित्यलाई निरन्तर उचाइँ दिँदै आएका धीरेन अनुपमको ‘प्रच्छाया’ ले समकालीन समाजको प्रतिबिम्बलाई कलात्मक रूपमा उजागर गरेको सहभागीहरूले बताए ।
सम्बन्धित समाचार
राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
चलचित्रको काम छाडेर फेशन र्याम्पतिर अभिनेत्रीहरू
त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
विल्सनको ‘फुर्के नम्बर १’ फेरी सुरु
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
‘मितज्यू’लाई ‘युनिभर्सल सर्टिफिकेट’






