सर्वदलीय बैठकमा जुटेन सहमति

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा देखिएको अवरोध अन्त्य गर्न गरेको प्रस्ताव विपक्षी दलहरूले अस्वीकार गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेले संसद्मा देखिएको अवरोध अन्त्य गर्नुपर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले संसद्मा जवाफ माग गर्दै आएका छन् ।

विपक्षीको निरन्तर विरोध, सूचना टाँसेर संसद् बैठक स्थगित

रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रधानमन्त्री शाहले जवाफ नदिएसम्म संसद् अवरोध कायमै राख्ने अडान राखेका छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागितामा सम्पन्न भएको सर्वदलीय बैठकले संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन सकेन ।

बैठकमा संसद्को गतिरोध, समसामयिक राजनीतिक विषय तथा सहमतिका सम्भावना’bout छलफल भएको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएका छन् । सत्तारुढ दल रास्वपाले संसद्को गतिरोध अन्त्य गर्न अनुरोध गरेको छ । तर, विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध जारी राख्ने अडान दोहो¥याएका छन् ।

सरकारको तर्फबाट प्रस्ट पार्ने गरी परराष्ट्र मन्त्रालयले राखिसकेकाले सदनमा पनि आवश्यक परेमा राख्न सकिने रास्वपा सभापति लामिछानेले बताएका थिए । लामिछानेले नेपाल–भारत सीमा’bout प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति’bout जवाफ दिन संसद्मा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताए ।

बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्ति’bout संसद्मा नै आएर प्रधानमन्त्री शाहले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने बताए ।

लामिछानेले परराष्ट्रमन्त्रीले जवाफ दिएपछि आवश्यकता परेमा आफूले पनि जवाफ दिने तर प्रधानमन्त्री शाह आउन नसक्ने बताए पनि विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन् । देशसँग जोडिएको विषय रहेकाले प्रधानमन्त्रीले जवाफ दिएर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको माग छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो अभिव्यक्ति परराष्ट्रमन्त्रीमार्फत नभई प्रधानमन्त्री स्वयं संसदमा आएर सच्याउनुपर्ने बताए ।

राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गम्भीर र त्रुटिपूर्ण रहेको भन्दै पुनले त्यसकै विरोधस्वरूप आफूहरूले सदनमा आवाज उठाएको बताए ।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिमा प्रधानमन्त्रीबाटै जवाफ खोजेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने बताए ।

बैठकमा सदन सुचारु गर्नका लागि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति’bout परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने प्रस्ताव सभापति लामिछानेले राखेको उनले बताए ।

‘सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, परराष्ट्रमन्त्रीले जवाफ दिइसकेपछि आवश्यकता प¥यो भने मैले पनि जवाफ दिन्छु । तर, अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न । उहाँ (रवि)ले भनिसकेपछि हामीले त्यसो हुँदैन, प्रधानमन्त्री आएर नै जवाफ दिनुपर्छ भनेपछि बैठक सकियो,’ महरले भने ।

साना दलका ठूला नेता अनुपस्थित
संसद्को सबैभन्दा ठूलो दल रास्वपाको आह्वानमा बसेको सर्वदलीय बैठकमा साना दलका ठूला नेताहरू अनुपस्थित रहे । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकमा अनुपस्थित भएका हुन् ।

सर्वदलीय बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरूलाई निमन्त्रणा गरिएको थियो । संसद्को गतिरोध र पछिल्ला राजनीतिक विषयमा छलफल गर्नका लागि रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए ।

सर्वदलीय बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका थिए । श्रम संस्कृति पार्टीले भने बैठक नै बहिष्कार गरेको छ ।

बैठकका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका सभापति वा अध्यक्षसहित दुई–दुई जनालाई बोलाइएको भए पनि कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिका शीर्ष नेतृत्व नगएर अन्य नेता सहभागी भएका थिए ।

सहमति नजुट्दा संसद्मा निरन्तर विरोध
सर्वदलीय बैठकमा सहमति नजुट्दा संसद् बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेका छन् । सीमा विवाद’boutमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

सोमबार विपक्षी दलको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः नबसी मंगलबारसम्मका लागि स्थगित भएको छ । विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरेको हो ।

२१ फागुन २०८२ मा भएको निर्वाचनपछि आएको यो नयाँ प्रतिनिधिसभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित भएको हो । बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख अर्यालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमा’bout दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए ।

नेकपाका नेता वर्षमान पुनले संसद्को जारी गतिरोध अन्त्यका लागि सभामुख अर्यालले आवश्यक वातावरण बनाउनुपर्ने बताए । बैठकमा बोल्दै पुनले प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतका धेरै ठाउँ भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्मै आएर सच्याउनुपर्ने विपक्षी दलहरूको अडान कायमै रहेको स्पष्ट पारे । उनले प्रधानमन्त्रीको सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने माग पनि दोहो¥याए ।

पुनका अनुसार संसद् नियमित रूपमा चलोस् भन्नेमा प्रतिपक्षी दलहरू प्रतिबद्ध छन् । तर प्रधानमन्त्रीको विवादित भनाइ नसच्याइएसम्म र संसद्को रेकर्डबाट नहटाइएसम्म सदन सहज रूपमा अघि बढ्न नसक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक