कालिकोट । तिलागुफा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाभित्रका तोकिएका उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका खोप प्राप्त गरेपछि पालिकालाई सोमवार एक औपचारिक कार्यक्रमका बिच पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय, नगरपालिकाको स्वास्थ्य शाखा तथा सरोकारवाला निकायहरूको समन्वयमा गरिएको अनुगमन तथा प्रमाणीकरणपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुरेन्द उपाध्यायले बताए ।
यस अभियानमार्फत बालबालिकालाई खोपको पहुँचमा ल्याई विभिन्न खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट सुरक्षित बनाउने लक्ष्य हासिल भएको उपाध्यायले बताए ।
तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायको सभा अध्यक्षता, जिल्ला समन्वय समितीका उपप्रमुख मिना रावतको प्रमुख आतिथ्यता, नगरपालिका उपप्रमुख महेन्दबहादुर शाहीको बिषेश आतिथ्यता,नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद काफ्ले, स्वास्थय सेवा व्यवस्थापक डा. रत्नबिर सुनारको बिषेश आतिथ्यतामा स्वास्थ्यकर्मी, स्थानिय लगायतको सहभागितामा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो ।
घोषणा सभामा बोल्दै नगर प्रमुख उपाध्यायले पूर्णखोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि खोपको दिगोपना कायम राख्न सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकहरूको योगदानले यो सफलता सम्भव भएको भन्दै जिल्ला स्वास्थ्य, नगरशाखा कर्मचारी सवैलाई धन्यवाद दिए ।
यसैगरी प्रमुख अतिथी रावतले खोपबाट बन्ञ्चित भएर कोही पनी बालवालिकाले मृत्यु हुन नपर्ने बताइन । यसको लागी अभिभावक पनी जिम्मेवार हुनुपर्ने बताएकी थिइन ।
यस्तै नगरउपप्रमुख महेन्द शाहीले पूर्णखोप सुनिश्चितता घोषणासँगै नवजात तथा बालबालिकाले नियमित रूपमा सबै खोप प्राप्त गर्ने वातावरणलाई निरन्तरता दिनु पर्ने बताएका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत काफ्लले खोप नपाएर कुनैपनी बालवालिका मर्नुपर्ने अवस्थता नआउनेमा विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रत्नबिर सुनारले पूर्णखोप सुनिश्चितता घोषणासँगै नवजात तथा बालबालिकाले नियमित रूपमा सबै खोप प्राप्त गर्ने वातावरणलाई निरन्तरता दिइने र कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गरिने नगरपालिका र सरोकारवालाको प्रतिबद्धता रहेको बताएका थिए ।
डा. सुनार र खोप सम्पर्क व्यक्ती कटक महतले नगरपालिकालाई धन्यवाद सहितको प्रमाणपत्र दिदै यसको निरन्तर्ताको लागी शुभकामना दिएका थिए । ९ वटा पालिका रहेको कालिकोटमा अहिलेसम्म रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसहेका छन भने वाकी ४ वटा पालिका हुन बाँकी रहेको महतले जानकारी दिए ।
सम्बन्धित समाचार
संघीय सरकारका कारण राष्ट्रिय खेलकुद प्रतियोगिता अलमलमा : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका छ निर्णय सार्वजनिक
सगरमाथा दिवसको अवसरमा प्रभातफेरि
जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
हुम्लाका विद्यालयलाई फुटबल सहयोग
हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन






