काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेसण पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३ दशमलव तीन प्रतिशतले बढेको थियो । गत वैशाख महिनामा विप्रेषण आप्रवाह रु दुई खर्ब ५७ अर्ब ४९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
‘समाजवादउन्मुख अर्थ व्यवस्था’मा उद्योगी–व्यवसायी असन्तुष्ट
अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस
हिमालयन रिइन्स्योरेन्स प्रकरणः ५६ जना प्रतिवादीको बैंक खाता रोक्का
सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै
कर्मचारीको तलब २१ प्रतिशत वृद्धि
उदारवादी, उत्पादनमुखी र प्रविधिमैत्री बजेट
एकै दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढ्यो
अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै






