काठमाडौं । आगामी शुक्रबारदेखि देशैभर भारीे वर्षा तथा बाढीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न पनि आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले मुलुकभर वर्षाको सम्भावना रहेकाले अहिलेदेखि नै सावधानी अपनाउन आग्रह गरे ।
उता, बाढी पूर्वानुमान महाशाखाले २६ असारदेखि २९असारसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)






