युनाइटेड र टोटनहम विजयी

(211206) -- TURIN, Dec. 6, 2021 (Xinhua) -- FC Juventus' Paulo Dybala scores his goal during a Serie A football match between FC Juventus and Genoa in Turin, Italy, on Dec. 5, 2021. (Photo by Federico Tardito/Xinhua)

लन्डन। इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र टोटनहमले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे ।

अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ । घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १-१ गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ । अर्काे खेलमा टोटनहमले २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेकोे छ ।

युभेन्ट्स पाँचौ स्थानमा उक्लियो
इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हाे । युभेन्ट्सको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ । १६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीमा प्रेमीसहित ३ जनाबाट १८ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ