रगत संकलन गर्न घुम्ती बससेवा


धनगढी । रगत संकलनमा सहयोग पुर्याउने लक्ष्यसहित सुदूरपश्चिम प्रदेशका लागि घुम्ती रगत संकलन बससेवा सुरु गरिएको छ ।
गैरआवासिय नेपालीहरुको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाईटी कैलालीबाट प्रदेशभरी बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो ।

संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र रेडक्रस कैलालीका अध्यक्ष उत्तम जोशीलाई संयूक्त रुपमा चाबी बुझाउदै रगत संकलन बससेवा उपलब्ध गरेका हुन ।

‘एक घर, एक रक्तदाता’ भन्ने मुल नाराका साथ सो घुम्ती बस अब रक्तदाताको घरमै गएर रगत संकलन गर्ने जनाइएको छ । सो बसभित्र दुई वटा बेड रहेका छन । रक्तदाताहरुले आफु भएकै क्षेत्रमा बसलाई बोलाई रक्तदान गर्न सक्ने छन । ‘अहिलेसम्म रक्तदाताहरु रक्त संचार केन्द्रमा पुगेर वा विभिन्न संघ/संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा गएर रक्तदान गर्थे,’ अध्यक्ष उत्तमले भने, ‘अब हामी रक्तदाताको घरमै पुगेर रगत संकलन गर्ने छौं ।’ उनले बस सुदूरपश्चिमका सबै जिल्लाहरूमा आवश्यकता अनुसार सञ्चालन गरिने बताए ।
करिब ६० लाख लागतमा बनेको सो बसका लागि गैरआवासीय नेपालीहरूबाट ४८ लाख सहयोग संकलन भएको जनाइएको छ । १२ लाख रकम आइसिसीको खाताबाट पछि बेहोर्ने गरी खरिद गरिएको जनाएको छ ।

सो बसका लागि सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समिति, सुदूरपश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया, कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदूरपश्चिम समाजहरु अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिति युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लब अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिति लगायतको योग्दान रहेको जनाइएको छ ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पु-याउने लक्ष्य लिएको अध्यक्ष पन्तले बताए । ‘यो बस हामीले सहयोग गर्नु ठुलो कुरा होइन । प्रदेश वा स्थानीय सरकारले पनि खरिद गरेर ल्याउन सकथ्यो’, उनले भने, ‘हामीले मानव कल्याणका लागि आवश्यकता सम्झेर खरिद गरेका छौं । हामीले सबै प्रदेशमा यस्ता घुम्ती रगत संकलन बस हष्तान्तरण गर्ने सोचका साथ अघि बढेका छौं ।’ उनले सो वसको सहि रुपमा सदुपयोग हुनुपर्ने पनि सुझाव दिए । ‘हामीले संघ स्थापना भएदेखि विभिन्न क्षेत्रमा सहयोग गरेका छौं । अझै पनि गरिरहेका छौं,’ उनले भने, ‘कतिपय क्षेत्रमा हामीले गरेका सहयोगको उद्देश्य विपरित पनि भए । त्यस्तो हु“दा हामीलाई निराशा लाग्छ । हामीले यो वसको सही सदुपयोग भएको सुन्न पाउँ ।’

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले घुम्ती रगत संकलन बसले प्रदेशमा माग अनुसारको रगत संकलनमा थप बल पुगेको बताए । ‘रगतको माग हरेक व्यक्तिलाई हुन्छ । मानिसको जविनसंग रगत जोडिएकोले यो बसले रगतदातामा थप रक्तदान गर्ने बल मिल्ने र आम नागरिकलाई रगत अभाव हुन नदिन सहयोग पुग्नेछ’ उनले भने ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाले अहिले हरेक विरामीलाई निःशुल्क रगत उपलब्ध गराइरहेको बताए । ‘धनगढी उपमहानगरपालिका हरेक स्थानीय तहका मानिस आउ“छन । अस्पतालमा सेवा लिइरहेका हरेक विरामीका लागि हामीले अहिले निःशूल्क रगत उपलब्ध गराइरहेका छौं’ उनले भने ।

उनले धनगढीलाई स्वास्थ्य, शिक्षा र तालिमको ‘हब’ बनाउनका लागि पहल भइरहेको बताए । ‘अहिले पनि गुणस्तरिय शिक्षा र स्वास्थ्यका लागि यस प्रदेशका मानिस अन्यत्र जानुपर्ने अवस्था छ’ उनले भने– ‘स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार गरी उपमहानगरपालिकालाई सो क्षेत्रको हब बनाउने गरी हामी लागि रहेका छौं ।’ उनले तालिमको हव अन्र्तगत अहिले ३५ वटा विधामा सञ्चालन भइरहेको बताए । ‘कोभिड महामारीका कारण हामीले अहिले सञ्चालन गरेका तालिमहरु कसरी अघि बढाउने भन्ने समस्या रहेको छ’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीमा प्रेमीसहित ३ जनाबाट १८ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ