बर्दिया । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध सचेतना अभियानलाई तिव्रता दिइएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पूर्वतयारी सुरु गरे लगत्तै यहाँका युवाहरु पनि सचेतना अभियानमा जुटेका छन् ।
कोरोनाविरुद्धको जनचेतना अभियान सदरमुकाम गुलरिया, मधुवन नगरपालिका, बारबर्दिया, बाँसगढी, राजापुर, बढैयाताल र गेरुवा गाउँपालिकासम्म संचालन गरिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक महेन्द्र पंगेनीले बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जिल्लाको ८ वटै स्थानिय तहमा सचेतना अभियान पुर्याउने जिल्ला संयोजक पंगेनीले बताए ।

अभियान शुक्रबारदेखि ठाकुरबाबा नगरपालिकाबाट सुरुवात गरिएको छ । हरेक स्थानिय तहका गाउँ टोलटोलमा सचेतना अभियान चलाइने अनेरास्ववियु संयोजक पंगेनीले बताए । युवाहरु गाउँगाउँमा पुगेर कोरोना भाइरस संक्रमण भएपछि देखिने लक्षण, भाइरसको संक्रमणबाट बच्ने उपाए, लक्षण देखिएमा अपनाउनु पर्ने सावधानीलगाएका ’boutमा जानकारी गराउने गरेका छन् । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सरसफाइमा विशेष ध्यान दिन, अनावश्यक भिडभाड नर्गन, सामाजिक संजालमा आउने भ्रमका पछि नलाग्न युवाहरुले अनुरोध गर्ने गरेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सजकता सम्वन्धि पर्चा ठाउँठाउँमा टास्ने, माइकिङ्ग गर्ने जस्ता सचेतनामूलक कामहरु गरिरहेको मनुषा टिकसिंह बहुमुखी क्याम्पस स्ववियु सभापती जीवन रिजालले जानकारी दिए । युवाहरुले आफनै खर्चमा पर्चा पम्प्लेट, व्यानर छाप्ने र सवारीसाधन पनि आफनै प्रयोग गरेका छन् । राजमार्गमा गुड्ने सवारीसाधनमा पनि सचेतनामूलक पर्चा टास्ने गरिएको छ । युवाहरुले सवारीचालकलाई क्षमता भन्दा धेरै यात्रु नबोक्न, बसपार्कमा अनावश्यक भिड नर्गनसमेत अनुरोध गर्ने गरेका छन् ।

युवाहरुले सामाजिक दायित्व बोध गर्दै सचेतना अभियानमा एकजुट भएर लागेको नेकपा ठाकुरबाबा नगरकमिटी संयोजक खगेन्द्र खनालले बताए । युवाहरुले संचालन गरेको सचेतना अभियानको प्रशंशा गर्दै नगरकमिटी संयोजक खनालले यो अभियानमा सबैले साथ दिनु पर्ने बताए ।
जिल्लामा कोरोना भाईरसको संक्रमण भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले १५ दिनका लागि जिल्लाका सबै हाटबजार बन्द गर्ने, नेपाल भारत सीमा भएर आवतजावत गर्ने दुबै देशका नागरिकहरुलाई सुरक्षाकर्मीको स्वीकृति लिएर कोरोना हेल्प डेस्क भएको स्थानबाट मात्र आवतजावत गर्न दिन,े मेला महोत्सव, भेला, खेलकूदका कार्यक्रम गर्न र भिडभाड हुने कुनै पनि कार्यक्रम नर्गन अनुरोध गरेको छ ।






