बागमतीमा ३३ दलको जमानत जफत


काठमाडौं । बागमतीमा प्रदेशसभामा समानुपातिकतर्फ ३३ दलको जमानत जफत भएको छ । निर्वाचन प्रक्रियामा सहभागी भएका कूल ४० दलमध्ये ३३ दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ भने ३५ वटा राजनीतिक दल सहभागी भएका थिए । प्रदेशसभा निर्वाचनमा सहभागी भएका प्रत्यक्षतर्फ पुरुष पाँच सय ८८ र महिलातर्फ ८० गरी ६६८ जना र समानुपातिकतर्फ ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको थियो ।

जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका ४१७ जना पुरुष र ६७ जना महिला गरी कूल ४८४ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर–सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्बभन्दा बढी रकम