काठमाडौं । ग्लोबल फुटप्रिन्टले भारतका अत्तर ब्रान्ड बेलाभिता नेपाली बजारमा ल्याएको छ । भारतको चर्चित पफ्र्युम ब्रान्ड बेलाबिता नेपालमा आफ्नो आधिकारिक सुरुवात भएको घोषणा गर्न पाउँदा गर्व लागेको बताइएको छ ।
भारतमा उत्कृष्ट पफ्र्युम ब्रान्डका रूपमा आफूलाई दृढतापूर्वक स्थापित गरिसकेपछि बेलाबिताले गुणस्तर, नवीनता र उपभोक्ता सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धताका साथ सुगन्ध उद्योगमा नयाँ बेन्चमार्क स्थापित गरेको छ ।
ब्रान्डको सफलतालाई संयुक्त राज्यमा यसले अद्भूत सफलता पाएसँगै एमाजोनमा समेत खरिद गर्न सकिने भएको छ । कन्जुमर एक्सेस प्रालिले विश्वव्यापी विस्तारको एक भागका रूपमा बेलाभितासँग साझेदारी गरेको जनाएको छ ।
नेपालभर ५ हजारभन्दा बढी स्टोरमा फैलिएको बृहत् वितरण नेटवर्कको साथ बेलाभिता नेपाली बजारमा उपलब्ध हुने सो कम्पनीले जनाएको छ ।
गुणस्तर, इन्नोभेसन र ग्राहकको सन्तुष्टिका कारण बेलाभिटाले भारत र अमेरिकामा महत्वपूर्ण सफलता प्राप्त गरेको बताएको यस कम्पनीले अमेजोन अमेरिकामा यो टपमध्येमा सूचित भएको दाबी गरेको छ ।
बेलाभिटा भाटभटेनी सुपरमार्केट र दराज, जेभीलगायत अनलाइन किनमेल वेबसाइटमार्फत पनि उपलब्ध हुने सो कम्पनीले जनाएको छ ।