काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ भने चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा र कलाकार तथा सञ्चारकर्मी डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । अर्याल २७औं मुख्यसचिव बनेका छन् ।
२०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।