नयाँ दिल्ली । महाभारत टेलिशृंखलामा भीमको भूमिका देखिएका प्रवीणकुमार सोवती हैमर थ्रोका खेलाडी थिए । भारतमा लकडाउनको समयमा दूरदर्शनबाट पुनः प्रसारण भइरहेको महाभारतको यतिबेला चर्चा छ । लगभग तीन दशक पुरानो यो टेलिशृंखलालाई आज पनि मानिसले मन पराएका छन् ।
महाभारतमा अग्लो जिउडाल भएका भीम पाँच पान्डवमध्येका एक थिए । बीआर चोपडाको महाभारतमा भीमका भूमिकानिर्वाह गर्ने सोवती एसियाका नम्बर एक खेलाडी थिए । प्रवीणले सन् १९६६ का कमनवेल्थ गेम्समा डिस्कस थ्रोमा छनोट भएका थिए । जमैकामा आयोजित सो प्रतियोगितामा उनले रजत पदक जितेका थिए । सन् १९७२ मा प्रवीणले जर्मनीको म्युनिख सहरमा भएको ओलम्पिकमा समेत भाग लिएका थिए । जब महाभारतका लागि भीमको खोजी भएको थियो ।
त्यतिबेला जब बीआर चोपडाले उनलाई देख्ने बित्तिकै सुटिङको तयारीमा जुटेका थ्एि । उनले एक अन्तर्वार्तामा भनेको थिए, ‘आज पनि मलाई प्रवीणको नाममा कम भीमको नाम बढीले चिन्छन् ।’ उनले खेलकुदमा हुँदा बिहान तीन बजेर उठेर अभ्यास गर्ने गरेको बताएका थिए । उनलाई शरीर बनाउन तीन वर्ष लागेको बताएका छन् ।