सेतीमा क्यान्सर रोग उपचारका लागि ‘क्यान्सर युनिट’ स्थापना हुने

धनगढी । सेती प्रादेशिक अस्पतालमा क्यान्सर रोग उपचारका लागि ‘क्यान्सर युनिट’ स्थापना हुने भएको छ । युनिट स्थापनाका लागि अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर,चितवन बीच सम्झौता भएको छ ।

क्यान्सर रोग सम्बन्धि उपचार सेवा विस्तार गर्न भएको सम्झौता पत्रमा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तर्फबाट कार्यकारी निर्देशक डा.शिवजी पौडेलले हस्ताक्षर गरेका छन् ।

पहिलो चरणमा असोज १५ गते ‘क्यान्सर स्क्रिनिङ शिविर’ आयोजना गरिने अस्पतालका मेसु डा.कमरले बताए । उनले भने ‘पहिलो चरणमा हामी स्क्रिनिङ शिविर गर्छौँ । त्यसमा कस्ताखालका बिरामी आउनुहुन्छ । त्यही अनुसारको विशेषज्ञ भरतपुरबाट आउनुहुन्छ । त्यसपछि सेवा विस्तार गर्दै लैजान्छौँ ।’

‘अर्को फलोअपका लागि आउने बिरामीलाई यहीँबाट सेवा दिन्छौँ । उता (भरतपुर) जानै पर्ने बिरामी मात्रै जानुहुन्छ’, उनले भने ‘पछि गएर औषधी सेवन गरिरहेका क्यान्सरका बिरामीलाई पनि यतैबाट औषधी दिने व्यवस्था गर्छौँ ।’

उनले भौतिक संरचनादेखि सबै व्यवस्थापन भयो भने पछि गएर क्यान्सरको उपचार,शल्यक्रिया पनि सेती अस्पतालबाटै गरिने बताए । क्यान्सर रोगको उपचार सेवा विस्तार भएपछि सुदूरपश्चिम प्रदेशका क्यान्सर रोगका बिरामीलाई ठूलो राहत पुग्ने सेती अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए । उनले यो सेवा विस्तार हुँदा क्यान्सर रोगका बिरामीलाई चेकजाँचदेखि उपचारसम्म सहज हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादीले कटायो ३ हजार अन्तर