केन्द्रीय सदस्य साहलाई रिहा गर्न आजपाको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय सदस्य एवं अभियन्ता ईन्जिनियर प्रमोद राणा साहलाई यथाशिघ्र रिहा गर्न माग गरेको छ । साथै नापी कार्यालय सप्तरीका कर्मचारीलाई छानविन गरी कानूनी कारवाही गर्न आजपाले मागसमेत गरेको छ ।

सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नं.१ निवासी केन्द्रीय सदस्य एवं अभियन्ता साहलाई पूर्वाग्रही ढंगले प्रहरीले बुधबार पक्राउ गरेको आरोप आजपाले लगाएको छ । साहलाई पक्राउ गरेपछि आजपा प्रवक्ता चन्द्रभुषण साहले एक बिज्ञप्ती मार्फत घटनाप्रति आपती जनाउँदै भत्सना गरेका छन् ।

‘सप्तरी जिल्ला नापी कार्यालयले बिचौलिया र करारको कर्मचारीमार्फत गर्दै आएको अनियमितता, भ्रष्टाचार एवं लुटआतंकको ’boutमा पीडितसहितको सप्रमाण साथमा लिई थप बिषय बुझन र यस अपराधको ’boutमा खबरदारी गर्न सोही कार्यालयमा गएको सन्दर्भलाई लिएर भ्रष्टाचारका पक्षपोषक सरकार र तिनका मतियारको रुपमा सप्तरी प्रशासनले भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउँनुको साटो उल्टै सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं.१ निवासी हाम्रो आम जनता पार्टीका केन्द्रीय सदस्य एवं अभियन्ता ई.प्रमोद राणा साहलाई पूर्वाग्रही ढंगले मिति २०८१ भदौ १९ गते गिरफ्तार गरेको घटनाप्रति आपती प्रकट गर्दै घोरभत्र्सना गर्दछौं’ आजपा प्रवक्ता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गिरफ्तार पार्टीका नेता एवं अभियन्ता साहलाई यथाशिघ्र बिनासर्त रिहा गर्न र देशको प्रमुख शत्रुको रुपमा रहेका दलाल, बिचौलिया एवं भ्रष्ट कर्मचारीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउँन आजपाले माग गरेको छ । साथै तिनिहरुलाई पक्षपोशन गरिरहेका सप्तरी जिल्ला प्रहरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्य लगायतका प्रशासकहरुलाई छानबिनको दायरामा ल्याउँन सबै सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण सहितको जोडदार माग आजपाले गरेको छ ।

‘हाम्रो न्यायोचित मागहरुलाई कुनै पनि किन्तुपरन्तुको बहानामा नजर अन्दाज गर्ने दुस्प्रयास भए हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षति एवं परिस्थितिको जिम्मेवारी राज्यपक्षले लिनुपर्ने बिषय अग्रीम रुपमा अवगत गराउन चाहन्छौं’ आजपाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी