२२ विधामा तेश्रो म्युजिक खबर तीज म्युजिक अवार्ड प्रदान

काठमाडौं । तीजको पूर्व सन्ध्यामा काठमाडौंमा ‘तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१’ सम्पन्न भएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनद्धारा आयोजित समारोहमा पूर्व मन्त्री पद्मा कुमारी अर्यालले गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई त्रिरत्न नारीसम्मान तथासौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य सौन्दर्यकला सम्मान प्रदान गरिन । यो अवार्ड तिज गीतसंगीतका विभिन्न २२ विधामा प्रदान गरिएको थियो ।

कार्यक्रममा गीतकार गायित्री थापा, गायिकाद्वय कालिका रोका र तृप्ति खड्का, मोडल टीका जैसी, पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मी, सौन्दर्यकर्मी उन्नती शर्मा, समाजसेवी उर्मिला पौडेल आचार्य पनि सम्मानित भए ।

समारोहमा सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिका र सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट गायकको अवार्ड प्राप्त गरे । सीताका माइती बुद्धका देशबाटै विजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल उत्कृष्ट छायाँकार घोषित भए । काली पसमकी गीतबाट प्रेम सापकोटा सोनु उत्कृष्ट गीतकार मौलिक तीज गीत, नवीन घर्ती मगर उत्कृष्ट भिडियो सम्पादक र स्मारिका ढकालले पपुलर म्यूजिक भिडियो मोडल अवार्ड पाए ।

सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिलातर्फको अवार्ड ‘आफ्नै पारामा’ नारायणी खत्री, तीज गीत भिडियो श्रृंगारको अवार्ड आउन राजाबाट सरिता मगरले, तीज गीत भिडियो कोरियोग्राफरको अवार्ड छमछमी नाचौं बरिलैबाट विक्रम चौहानले, तीज गीत भिडियो निर्देशकको अवार्ड मै छोरीलाई गाह्रो भोबाट स्मृति तिमिल्सिनाले, सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङको अवार्ड कर्मैमा छैनबाट कुमार रानाले हाँसिल गरे ।

यस्तै सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ कृष्ण लामिछाने (दुःखी करिम), सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक कृष्ण केसी (जिन्दगानी के रैछ), सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा मोडल दिव्यानी वली (राजै), तीज दोहोरी गीत शब्द विशाल क्षेत्री (सारीको आँचल), तीज दोहोरी गीत संगीत भानुभक्त ढकाल (ढल्काएर छड्के तिलहरी)ले अवार्ड हाँसिल गरे । सर्वोत्कृष्ट तीज दोहोरी गीतको अवार्ड जिन्दगानी चलेको छबाट शम्भू कुँवरले हाँसिल गरे ।

सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजनको अवार्ड कर्मैले घुमायो गीतबाट झलक संगीतम्ले, तीज गीत मौलिक संगीतको अवार्ड गम्किदे मादलुबाट सरोज कोइरालाले, सर्वोत्कृष्ट तीज गीत मौलिक गायिकाको अवार्ड करिमबाट जानकी तारमी मगरले, मल्टिट्यालेन्ट मोडलको अवार्ड अभिनेत्री पनाह अधिकारीले प्राप्त गरे ।

सर्वोत्कृष्ट मौलिक तीज गीत एलिना चौहानको मनको परेको मान्छेले, डायस्पोरा गीतको अवार्ड लैबरी लैबाट संगीता थापा मगरले डायस्पोरा गीतकारको अवार्ड लाली जोवनबाट निर्मला राना मगरले र जुरी अवार्ड मोडलतर्फर्का रितु तामाङले बबाल तीजबाट प्राप्त गरिन् । समारोहमा तीज म्यूजिक अवार्डमा संगीतकार वीपी वाग्ले, गायिका शोभा पाण्डे र गीतकार डा.शिव सुवेदी निर्णायकको भूमिकामा थिए । कार्यक्रमलाई सेसेमी लिम्बुले संचालन गरेकी थिइन् ।

मौलिक तीज गीतलाई प्रवर्धन गर्नको लागि आफुहरुले यो अवार्ड तीन वर्ष यताबाट आयोजना गर्दै आएको कार्यक्रमकी अध्यक्ष सविता पोखरेलले कार्यक्रममा बताईन् ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेणु–सिर्जनालाई देउवाको ढाडस