तीजमा नेपाली कलाकार विदेशमा, कमाई मालामाल

काठमाडौं । अभिनेत्री पल्पसा डँगोल गत सातादेखि बेलायतमा छिन् । उनी त्यहाँ तीजको अबसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुतिको लागि पुगेको हुन् । यो ८ दिनको बसाईमा आफुले चार वटा कार्यक्रम प्रस्तुत गरिसकेको उनले राजधानीलाई बताइन्,‘अझै यहाँ चार वटा कार्यक्रम छ र अरु कार्यक्रमको पनि तयारी हुँदैछ । तीज पछि पनि केही कार्यक्रम गरेर मात्र नेपाल फर्कन्छु होला ।’ उनले राजधानीलाई भनिन् । यसपटक बेलायतबाट फर्कँदा करिब ६÷७ लाख रुपैयाँ लिएर आउने उनको कथन छ ।

दुईसाता अघि तीजको कार्यक्रमको लागि दुबई पुगेका गायक तथा मोडल दुर्गेस थापा त्यसपछि नेपाल आएर लगत्तै अष्ट्रेलिया पुगे । त्यहाँ एकसातामा उनले चार वटा कार्यक्रममा आफ्नो प्रस्तुति दिए । एक साता अष्ट्रेलियाका बसाईमा ६ लाख रुपैयाँ भन्दा बढी कमाई भएको यी गायकको कथन छ । उनीलाई अरु पनि थुप्रै देशबाट यसपटक तीजमा कार्यक्रमको प्रस्ताव आएको थियो । नेपालमा यसपटक तीजको दिनमै तीनमात्र तीन वटा कार्यक्रम भएकाले आफुले दुबई र अष्ट्रेलियामा मात्र कार्यक्रम प्रस्तुत गर्न भ्याएको दुर्गेशले बताए ।

तीजको अबसर पारेर यतिबेला थुप्रै कलाकार साँगीतिक कार्यक्रमको लागि बिदेशमा छन् । करिब एक दर्जन कलाकार आफ्नो प्रस्तुतिका लागि अमेरिका पुगेका छन भने त्यतिकै कलाकार अष्ट्रेलियामा छन् ।

गायक बद्री पँगेनी र गायिका देवी घर्ती पनि अहिले अष्ट्रेलियामै छन् । यी दुई कलाकारसँग अष्ट्रेलिया पुगेका दुर्गेश चार वटा कन्टर्स भ्याएर नेपाल फर्किएर भने बद्री र देबी अझै त्यहाँ प्रस्तुतिमै व्यस्त छन् । दुई साताको बसाईमा आधा दर्जन साँगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका बद्रीको अझै केही कार्यक्रम बाँकी छ । तीजको अबसर आयोजित कार्यक्रममा बद्रीलाई अहिले अष्ट्रेलियामा भ्याई नभ्याई छ । बद्री जस्तै देवीले पनि आफ्नो त्यत्तिकै मात्रामा तीजको साँगीतिक कार्यक्रम हरेको बताएकी छिन् ।

अष्ट्रेलियामै यतिबेला गायिक कोमल ओली, गायक पशुपति शर्मा र मोडल तथा अभिनेत्री रुविन अधिकारीको टोली पनि साँगीतिक प्रस्तुतिमै व्यस्त छ । यी कलाकारहरुले यो दुई सातामा साना ठुला गरेर ८ वटा कन्सर्ट भ्याईसकेका छन् । कार्यक्रममा नृत्य प्रस्तुत गरेर त्यहाँका नेपालीलाई मनोरञ्जन दिँदै आएकी रुविनाको भनाईमा तीज नजिकिँदै गर्दा कार्यक्रम त्यत्तिकै बढेको छ । यस्ता कार्यक्रममा कमाई निकै राम्रो हुने यी कलाकारले बताईन् । दुई साताको अष्ट्रेलिया बसाईबाट कम्तिमा ५ लाख रुपैयाँ भन्दा बढी रुकम नेपाल ल्याउने उनको कथन छ ।

यस्तै गायिका कोमल ओलीको त त्यहाँ यी दुईको भन्दा बढी प्रस्तुति सम्पन्न भईसकेको छ । तीजको अबसरमा एकपछि अर्को कार्यक्रम थपिँदै जाँदा अष्ट्रेलियाको बसाई लम्बिएको उनले बताएकी छिन् । यो तीजमा अष्ट्रेलियाको प्रस्तुतिबाट राम्रै कमाई हुने उनको भनाई छ ।

गत साता अमेरिका पुगेकी चार कलाकारहरु गायिका ज्योती मगर, शान्तिश्री परियार, रचन रिमाल र मोडल करिश्मा ढकालले यो दुई सातामा एक दर्जन कार्यक्रम अमेरिकामा प्रस्तुत गरिसकेका छन् । गायिका ज्योतिका अनुसार उनहरुको अझै ९ वटा कन्सर्ट बाँकी छ । तीजको अबसरमा साँगीतिक कार्यक्रम प्रस्तुतिको लागि अमेरिका पुगेका यी कलाकारहरु तीजपछि अर्को दुई साता आफुहरुले प्रस्तुति दिने बताउँछन् । गायिका ज्योतीले अमेरिकाको २१ वटा प्रस्तुतिको कमाई निकै राम्रो हुने बताएकी छिन् । आफुसँहित चार जना अबको दुई सातापछि बल्ल नेपाल फर्कने उनको कथन छ ।

यही टिममा रहेकी मोडल करिश्मा ढकाल बिगतमा अरु देशमा जाँदा जती राम्रो कमाई थियो । यसपटक अमेरिकामा आउँदा त्यो भन्दा धेरै राम्रो कमाई भएको बताउँछिन् ,‘आर्थिक हिसावले तीज नै हाम्रो लागि दशैं हो । स्वेदशमा हुँदा विभिन्न म्युजिक भिडियोमा मोडलिङ र स्टेज कार्यक्रमले राम्रो कमाई हुन्थ्यो नै । यसपटक त अमेरिकामा झनै राम्रो कमाई भईरहेको छ ।’ उनले भनिन् ।

यस्तै गायक खेम सेन्चुरी, गायिका मिलन नेवार, मोडल अञ्जली अधिकारी, हास्य कलाकार राधिका कँडेल पनि तीज कार्यक्रम प्रस्तुतिका लागि यतिबेला अमेरिका पुगेका छन् । यी कलाकारहरु गत साता अमेरिका पुगेका हुन् । यो १० दिनमा आफुहरुले ६ वटा कन्सर्टमा प्रस्तुति दिईसकेको खेमको कथन छ । तीजको अबसरमा अमेरिका पुगेको आफुहरुको टोली अझै अर्को सातासम्म पनि तीजको प्रस्तुति दिएपछि बल्ल नेपाल फर्कने उनले बताएका छन् । तीजको अबसरमा बिदेशमा हुने साँगीतिक कार्यक्रमको कमाईले खेम पनि त्यत्तिकै खुसी छन् ।

यसै साता राष्ट्रिय संगीतकर्मी संघ युएईले आयोजना गरेको तीज धमाका कार्यक्रमका लागि दुवई पुगेका सो संघका केन्द्रिय अध्यक्ष एवम् गायक प्रकाश कटवाल यतिबेला दुवईमा छन् । त्यहाँ एउटा प्रस्तुति दिएका उनको अर्को प्रस्तुति आज हुँदैछ । दुई वटा प्रस्तुतिबाट दुई लाख रुपैयाँ पारिश्रमिक लिएका यी कलाकार पनि तीजमा बिदेशमा हुने कार्यक्रमबाट कलाकारहरुका लागि राम्रो आम्दानी हुने बताउँछन् ।

यसरी कोभिड पछि फेरी चाडपर्वमा साँगीतिक कार्यक्रमका लागि नेपाली कलाकाहरुको बिदेश यात्राको क्रम बढेको छ । यो क्रममा यसपटकको तीजमा छिमेकी मुलुक भारतदेखि जापान, मलेशिया, युएई, अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा जस्ता मुलुकमा रहेका नेपाली बीच यहाँबाट गएका थुप्रै नेपालीहरु साँगीतिक कार्यक्रम प्रस्तुतिसँगै त्यहाँ तीजको रौनक बढाईरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ बिजयी